भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल, रौनकको शानदार शतक | Khabarhub Khabarhub

भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल, रौनकको शानदार शतक


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौनक श्रीवास्तवले शानदार शतक बनाएसँगै नेपालले भुटानविरुद्ध २९८ रनको फराकिलो जित निकालेको छ।

मलेसियामा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा भुटानलाई विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालले दिएको ३५९ रनको चुनौती पछ्याउने क्रममा भुटान ३२.४ ओभरमा ६० रन मात्रै बनाउन सक्यो । भुटानका अन्तिम ब्याटर क्रिजमै नआएकाले नेपाललाई विजेता बनाइयो ।

भुटानका लागि सुजन दावाले सर्वाधिक १४ रन हाने । उता ओपनर उयोग छोफेल १० रनमै आउट भए । भुटानका अरू कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।

बलिङतर्फ नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन दिँदै ४ विकेट झारे । उता सचिन भट्ट र सुयोग भट्टराईले समान २/२ विकेट झारे ।

त्यसअघि टस जितेर ब्याटिङमा गएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल चुनौती खडा गरेको थियो ।

नेपाललाई विशाल लक्ष्यतिर लैजाने क्रममा रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए ।

१७ रनको अवस्थामा २ विकेट गुमाएर दबाबमा परेको नेपाललाई तेस्रो विकेटकारुपमा रौनक र शिवान्श बजगाईंले ९१ रनको साझेदारीसहित जोगाए । शिवान्शले ५२ बलमा ५ चौकासहित ५४ रन हानेका थिए ।

त्यसपछि रौनकले चौथो विकेटका लागि सुगम बुढाथोकीसँग मिलेर ७२ रनको साझेदारी गर्न सफल भए। सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन बनाए ।

पाँचौँ विकेटका लागि रौनकले जोय थापासँग १३० बल खेल्दै १७० रनको साझेदारी गरे। जोय ६७ बलमा ७ चौका हान्दै ६१ रनमा अविजित रहे।

यसअघि शतक बनाएका प्रसिद्ध जैसी ७ रनमा आउट भए । परिमार्जन यादव २ रनमा बाहिरिए । भुटानका लागि सञ्जय दोर्जेले ३ विकेट लिए ।

भुटानविरुद्धको जितपछि नेपाल समूह ‘ए’ का चारै खेल शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको छ ।

उता भुटानले समूह चरणका सबै चार खेलमा हार भोगेको छ । अब ऊ प्रतियोगिताबाट बाहिरिएको छ।

एसियाली क्रिकेट परिषद् (एसीसी) द्वारा आयोजित प्रतियोगितामा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान समूह ‘ए’ मा छन् । मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार समूह ‘बी’ मा छन्।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ०३ बजे

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध