भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल, रौनकको शानदार शतक « Khabarhub

भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल, रौनकको शानदार शतक


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौनक श्रीवास्तवले शानदार शतक बनाएसँगै नेपालले भुटानविरुद्ध २९८ रनको फराकिलो जित निकालेको छ।

मलेसियामा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा भुटानलाई विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालले दिएको ३५९ रनको चुनौती पछ्याउने क्रममा भुटान ३२.४ ओभरमा ६० रन मात्रै बनाउन सक्यो । भुटानका अन्तिम ब्याटर क्रिजमै नआएकाले नेपाललाई विजेता बनाइयो ।

भुटानका लागि सुजन दावाले सर्वाधिक १४ रन हाने । उता ओपनर उयोग छोफेल १० रनमै आउट भए । भुटानका अरू कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।

बलिङतर्फ नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन दिँदै ४ विकेट झारे । उता सचिन भट्ट र सुयोग भट्टराईले समान २/२ विकेट झारे ।

त्यसअघि टस जितेर ब्याटिङमा गएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल चुनौती खडा गरेको थियो ।

नेपाललाई विशाल लक्ष्यतिर लैजाने क्रममा रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए ।

१७ रनको अवस्थामा २ विकेट गुमाएर दबाबमा परेको नेपाललाई तेस्रो विकेटकारुपमा रौनक र शिवान्श बजगाईंले ९१ रनको साझेदारीसहित जोगाए । शिवान्शले ५२ बलमा ५ चौकासहित ५४ रन हानेका थिए ।

त्यसपछि रौनकले चौथो विकेटका लागि सुगम बुढाथोकीसँग मिलेर ७२ रनको साझेदारी गर्न सफल भए। सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन बनाए ।

पाँचौँ विकेटका लागि रौनकले जोय थापासँग १३० बल खेल्दै १७० रनको साझेदारी गरे। जोय ६७ बलमा ७ चौका हान्दै ६१ रनमा अविजित रहे।

यसअघि शतक बनाएका प्रसिद्ध जैसी ७ रनमा आउट भए । परिमार्जन यादव २ रनमा बाहिरिए । भुटानका लागि सञ्जय दोर्जेले ३ विकेट लिए ।

भुटानविरुद्धको जितपछि नेपाल समूह ‘ए’ का चारै खेल शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको छ ।

उता भुटानले समूह चरणका सबै चार खेलमा हार भोगेको छ । अब ऊ प्रतियोगिताबाट बाहिरिएको छ।

एसियाली क्रिकेट परिषद् (एसीसी) द्वारा आयोजित प्रतियोगितामा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान समूह ‘ए’ मा छन् । मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार समूह ‘बी’ मा छन्।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ०३ बजे

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक