हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार | Khabarhub Khabarhub

हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको परीक्षामा उत्तीर्ण हुँदै नगर हुने प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको छ । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा जुटेको नगरपालिकाले शैक्षिक सत्र २०८१ को एसइई तथा कक्षा ४ देखि ९ सम्म सञ्चालन गरिएको नगरपालिकास्तरीय वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याएर नगर प्रथम हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको हो । 

एसइईमा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण हुँदै नगर प्रथम हुने छात्रछात्रालाई समान रुपमा नगद रु ५०-५० हजार तथा द्वितीय हुनेलाई रु २५-२५ हजार पुरस्कार प्रदान गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। 

प्रवक्ता गिरीका अनुसार एसइईमा छात्रतर्फ लक्ष्मी मावि बडहरेका गणेशकुमार दाहाल तीन दशमलव ५३ जिपिए ल्याएर नगर प्रथम तथा च्यास्मिटार मावि च्यास्मिटारका सोनम राई तीन दशमलव ३४ जीपीएर ल्याएर उत्तीर्ण हुँदै द्वितीय भए। 

यसैगरी, छात्रातर्फ लक्ष्मी मावि बडहरेकी दुर्गाकुमारी कटवाल र सरस्वती मावि अर्खौलेकी जेनिशा श्रेष्ठ समान तीन दशमलव ३१ जिपिएर ल्याएर एसइई उत्तीर्ण हुँदै नगर प्रथम भएकी छन् । महेन्द्रोदय मावि महावेदस्थानकी स्वस्तिका राई तीन दशमलव २९ जिपिए ल्याएर एसइई उत्तीर्ण गर्दै नगर द्वितीय भएको जनाइएको छ । 

नगरपालिकास्तरीय वार्षिक परीक्षामा नगर प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः रु १० हजार र रु पाँच हजार प्रदान गरिएको छ । कक्षा ४ मा बाझेओढार आधारभूत विद्यालयकी सुनिता विश्वकर्मा प्रथम तथा रोशिका अधिकारी द्वितीय, कक्षा ५ मा सोही विद्यालयका काजल विश्वकर्मा प्रथम तथा मनिस राई द्वितीय, कक्षा ६ मा बुलापन्थे मावि धितुङकी पनिता राई प्रथम तथा दामोदर महासिंह आधारभूत विद्यालय दुर्छिमकी एन्जलिका राई द्वितीय भएको जनाइएको छ । 

कक्षा ७ मा मालिकादेवी मावि बाहुनीडाँडाकी लक्ष्मी राई प्रथम तथा शान्ति आधारभूत विद्यालय बडहरेकी युनिशा राई द्वितीय, कक्षा ८ मा महङ्कला आधारभूत विद्यालय राजापानीकी रोजिना कार्की प्रथम तथा ज्योति मावि राजापानीकी सविना कार्की द्वितीय भइन् । 

यसैगरी, कक्षा ९ मा बुलापन्थे मावि धितुङका अनिल कटवाल प्रथम तथा मालिकादेवी मावि बाहुनीडाँडाकी रजिका राई द्वितीय भएको जनाइएको छ । 

एसइईमा नगर प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ५० हजार, रु ३० हजार र रु १५ हजार पुरस्कार प्रदान गरिएको छ । लक्ष्मी मावि बडहरे प्रथम, कालिका मावि बाहुनीडाँडा द्वितीय र महेन्द्रोदय मावि महादेवस्थान तृतीय भएका छन् । 

कक्षा ४ देखि ९ सम्म नगर प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ । कक्षा ४ देखि ५ सम्मका विद्यालयमध्ये नगर प्रथम हुने बोझेओढार आधारभूत विद्यालय बडहरेले ३० हजार, द्वितीय हुने कलंका आधारभूत विद्यालय च्यास्मिटारले नगद १५ हजार र तृतीय हुने देउराली आधारभूत विद्यालय च्यास्मिटारले १० हजार प्राप्त गरेको छ । 

कक्षा ६ देखि ८ सम्मका विद्यालयमध्ये नगर प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ४० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरेका छन् । शान्ति आधारभूत विद्यालय बडहरे प्रथम, मालिकादेवी आधारभूत विद्यालय बाहुनीडाँडा द्वितीय र बुलापन्थे मावि धितुङ तृतीय भएका छन् । 

कक्षा ९ मा दुर्छिम मावि दुर्छिम प्रथम, दाम्ली मावि डिकुवा द्वितीय र मालिकादेवी मावि तृतीय भएका छन् । नगर प्रथम, द्वितीय र तृतीय हुने माध्यमिक तहका विद्यालयले क्रमशः रु ५० हजार, रु ३० हजार र १५ हजार प्राप्त गरेका छन् ।

पुरस्कृत विद्यार्थी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, नगरप्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलगायतले पुरस्कार प्रदान गरेका थिए । 

नगरपालिकाले सोमबार दुर्छिमस्थित होलेसुङ रिसोर्टमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा, नगर प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार वितरण र हलेसी मन्दिर व्यवस्थापन समितिलाई पञ्चेबाजा हस्तान्तरण कार्यक्रम एकैसाथ आयोजना गरेको हो ।
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ०४ बजे

सुनचाँदी व्यवसायी सङ्घका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : नेता निधि

महेन्द्रनगर– प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीका जायज

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार

काठमाडौं – वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको

गृहमन्त्रीले कांग्रेस बैठकमा सुनाए आफ्ना चार उपलब्धि र चार चुनौती

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू सरकारमा आएदेखि नीतिगत सुधारको प्रयास

इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

काबुल– अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले दिएको जानकारीअनुसार, एकै