अलटाइम हिटको सूचीमा श्रीकृष्णको अन्तिम फिल्म ‘कोहिनूर’ « Khabarhub

अलटाइम हिटको सूचीमा श्रीकृष्णको अन्तिम फिल्म ‘कोहिनूर’


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनूर’ अलटाइम हिट सूचीमा दरिएको छ । २०७१ सालमा प्रदर्शनमा आएको यस फिल्ममा श्रीकृष्ण र नायिका श्वेता खड्का शीर्ष भूमिकामा थिए ।

यो फिल्म प्रदर्शनमा आउँदा श्रीकृष्ण र श्वेता विवाह बन्धनमा बाँधिएको केही महिना मात्रै भएको थियो ।

फिल्म प्रदर्शनको संघारमा हनिमुनका लागि भारत पुगेका श्रीकृष्ण त्यहीँ बिरामी भए । त्यसपछि उतै उनको उपचार थालियो ।

उनले भारतबाटै एउटा भिडियो सन्देश जारी गर्दै दर्शकलाई आफ्नो फिल्म प्रदर्शनमा आउन लागेको बताए । उनले आफू उपचाररत रहेको जानकारी पनि दिए । उक्त भिडियोमा उनको आवाज निकै कारुणिक सुनिन्थ्यो ।

फिल्म प्रदर्शनमा आएको दोस्रो दिन श्रीकृष्णले प्राण त्याग गरे । उनले बोन क्यानसर रोगलाई जित्न सकेनन् ।

श्रीकृष्णलाई श्रद्धाञ्जली दिन उनको अन्तिम फिल्म हेर्न हलमा दर्शकको भीड ओइरियो । त्यस्तो भिड त्यसभन्दा पहिले कुनै फिल्ममा प्रदर्शनमा आउँदा देखिएको थिएन ।

फलतः ‘कोहिनूर’ १० करोड ग्रस कटाउने पहिलो नेपाली फिल्म बन्यो ।

चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मको सूची सोमबार सार्वजनिक गरेको छ ।

उक्त सूचीमा ‘कोहिनूर’ पनि समावेश छ । यस फिल्मको लाइफटाइम ग्रस कलेक्सन १४ करोड ७५ लाख छ ।

श्रीकृष्णको भौतिक शरीर यस धर्तीबाट बिदा भएको एक दशकभन्दा बढी भइसक्यो । बोर्डले उनको फिल्मलाई मंगलबार सम्मान गरेको हो । त्यही सम्मानका कारण श्रीकृष्ण फेरि सबैको स्मरणमा आए ।

‘कोहिनूर’ सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्मको सूचीको नवौँ नम्बरमा छ ।

यस फिल्मका निर्देशक-लेखक आकाश अधिकारी हुन् । निर्मात शंकर श्रेष्ठ र श्वेता खड्का हुन् । नेपा मुभिज प्रालिको ब्यानरमा यो फिल्म बनाइएको थियो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ४५ बजे

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा