अलटाइम हिटको सूचीमा श्रीकृष्णको अन्तिम फिल्म ‘कोहिनूर’ | Khabarhub Khabarhub

अलटाइम हिटको सूचीमा श्रीकृष्णको अन्तिम फिल्म ‘कोहिनूर’


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनूर’ अलटाइम हिट सूचीमा दरिएको छ । २०७१ सालमा प्रदर्शनमा आएको यस फिल्ममा श्रीकृष्ण र नायिका श्वेता खड्का शीर्ष भूमिकामा थिए ।

यो फिल्म प्रदर्शनमा आउँदा श्रीकृष्ण र श्वेता विवाह बन्धनमा बाँधिएको केही महिना मात्रै भएको थियो ।

फिल्म प्रदर्शनको संघारमा हनिमुनका लागि भारत पुगेका श्रीकृष्ण त्यहीँ बिरामी भए । त्यसपछि उतै उनको उपचार थालियो ।

उनले भारतबाटै एउटा भिडियो सन्देश जारी गर्दै दर्शकलाई आफ्नो फिल्म प्रदर्शनमा आउन लागेको बताए । उनले आफू उपचाररत रहेको जानकारी पनि दिए । उक्त भिडियोमा उनको आवाज निकै कारुणिक सुनिन्थ्यो ।

फिल्म प्रदर्शनमा आएको दोस्रो दिन श्रीकृष्णले प्राण त्याग गरे । उनले बोन क्यानसर रोगलाई जित्न सकेनन् ।

श्रीकृष्णलाई श्रद्धाञ्जली दिन उनको अन्तिम फिल्म हेर्न हलमा दर्शकको भीड ओइरियो । त्यस्तो भिड त्यसभन्दा पहिले कुनै फिल्ममा प्रदर्शनमा आउँदा देखिएको थिएन ।

फलतः ‘कोहिनूर’ १० करोड ग्रस कटाउने पहिलो नेपाली फिल्म बन्यो ।

चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मको सूची सोमबार सार्वजनिक गरेको छ ।

उक्त सूचीमा ‘कोहिनूर’ पनि समावेश छ । यस फिल्मको लाइफटाइम ग्रस कलेक्सन १४ करोड ७५ लाख छ ।

श्रीकृष्णको भौतिक शरीर यस धर्तीबाट बिदा भएको एक दशकभन्दा बढी भइसक्यो । बोर्डले उनको फिल्मलाई मंगलबार सम्मान गरेको हो । त्यही सम्मानका कारण श्रीकृष्ण फेरि सबैको स्मरणमा आए ।

‘कोहिनूर’ सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्मको सूचीको नवौँ नम्बरमा छ ।

यस फिल्मका निर्देशक-लेखक आकाश अधिकारी हुन् । निर्मात शंकर श्रेष्ठ र श्वेता खड्का हुन् । नेपा मुभिज प्रालिको ब्यानरमा यो फिल्म बनाइएको थियो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ४५ बजे

मैले चाहेको प्रधानमन्त्री, उनीहरूको प्रस्ताव खानेपानी र श्रम : हर्क साम्पाङ

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला