सङ्घीय निजामति विधेयकमाथि छेडखानी गर्नेलाई कारबाही हुनुपर्छ : प्रचण्ड « Khabarhub

सङ्घीय निजामति विधेयकमाथि छेडखानी गर्नेलाई कारबाही हुनुपर्छ : प्रचण्ड


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामति सेवा विधेयकमाथि चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका छन् ।

उनले छानबिन गरेर षडयन्त्र गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । योङ कम्युनिष्ट लिग (वाईसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मङ्गलबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रवृत्ति पुनरावृत्ति भइरहेको बताए ।

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईंहरूले सङ्घीय निजामति विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,’ उनले भने, ‘यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं ।’

यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा पार्टीको अभियान रोकेर प्रतिवाद गरेको र अहिले पनि उक्त प्रवृत्ति जारी रहेको प्रचण्डले बताए ।

पार्टीको लाइनमा प्रतिबद्ध रहन वाईसीएललाई निर्देशन

प्रचण्डले वाईसीएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न निर्देशन दिएका छन् ।

‘वाईसीएल नेपाल पार्टीको उत्तराधिकारी सङ्गठन हो, प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्ने शक्ति हो,’ उनले भने, ‘पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक छ ।’

वाईसीएलसँग जनताका समस्या समाधान गर्ने सङ्घर्षमा सधैं अग्रपङ्क्तिमा रहनुपर्ने अपेक्षा रहेको प्रचण्डले बताए । उनले युवा आन्दोलनको इतिहासमा वाईसीएल जनताको समस्या समाधान गर्दै अघि बढेको बताए ।उनले भने, ‘पार्टीभित्र र बाहिर अहिले जटिल परिस्थिति छ, जुन जनयुद्धका समयमा पनि भोगिएको थियो ।’

प्रचण्डले वर्तमान अवस्थामा वर्गसङ्घर्ष थप पेचिलो बन्दै गएको उल्लेख गरे । विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : १८ बजे

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको

मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र

टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ