सङ्घीय निजामति विधेयकमाथि छेडखानी गर्नेलाई कारबाही हुनुपर्छ : प्रचण्ड « Khabarhub

सङ्घीय निजामति विधेयकमाथि छेडखानी गर्नेलाई कारबाही हुनुपर्छ : प्रचण्ड


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामति सेवा विधेयकमाथि चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका छन् ।

उनले छानबिन गरेर षडयन्त्र गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । योङ कम्युनिष्ट लिग (वाईसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मङ्गलबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रवृत्ति पुनरावृत्ति भइरहेको बताए ।

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । आज तपाईंहरूले सङ्घीय निजामति विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,’ उनले भने, ‘यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं ।’

यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा पार्टीको अभियान रोकेर प्रतिवाद गरेको र अहिले पनि उक्त प्रवृत्ति जारी रहेको प्रचण्डले बताए ।

पार्टीको लाइनमा प्रतिबद्ध रहन वाईसीएललाई निर्देशन

प्रचण्डले वाईसीएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न निर्देशन दिएका छन् ।

‘वाईसीएल नेपाल पार्टीको उत्तराधिकारी सङ्गठन हो, प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्ने शक्ति हो,’ उनले भने, ‘पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक छ ।’

वाईसीएलसँग जनताका समस्या समाधान गर्ने सङ्घर्षमा सधैं अग्रपङ्क्तिमा रहनुपर्ने अपेक्षा रहेको प्रचण्डले बताए । उनले युवा आन्दोलनको इतिहासमा वाईसीएल जनताको समस्या समाधान गर्दै अघि बढेको बताए ।उनले भने, ‘पार्टीभित्र र बाहिर अहिले जटिल परिस्थिति छ, जुन जनयुद्धका समयमा पनि भोगिएको थियो ।’

प्रचण्डले वर्तमान अवस्थामा वर्गसङ्घर्ष थप पेचिलो बन्दै गएको उल्लेख गरे । विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : १८ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई