शेखरलाई विनोद चौधरीले सोधे : मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो ? « Khabarhub

शेखरलाई विनोद चौधरीले सोधे : मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो ?


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई जवाफ फर्काएका छन् ।

कोइरालाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा आफूमाथि लगाएको लाञ्छनाको चौधरीले मंगलबारको बैठकमा जवाफ दिएका हुन् ।

‘उहाँले हिजो प्रश्न उठाउनु भयो, विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो,’ उनले भने, ‘म उहाँलाई जानकारी गराउन चाहन्छु, त्यो सारा विधि पूरा गरेर, पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिपेक्ष, पार्टीको कानुन विभागको विश्लेषण, त्यसपछिको निर्ण र कोर्टलेसमेत गरेको निर्णय अनुसार भएको हो ।’

कोइरालाले आफूमाथि गरेको प्रश्नले निजी क्षेत्रका आफूजस्ता मान्छेहरूको भूमिकाबारे पनि चौधरीले पार्टीबाट जवाफ खोजे ।

‘यी सबैबाट सफाइ प्राप्त व्यक्ति र त्यसभन्दा महत्वपूर्ण यसले एउटा फेरि पनि नयाँ प्रश्न के उठाउँदै गइरहेको छ भने यो पार्टी हाँक्ने जमर्को गर्ने नेताहरूको दृष्टिकोणमा निजी क्षेत्रका हामीजस्ता मान्छेको भूमिका के हो ?,’ चौधरीले सोधे, ‘कि सधैँ हामीले कन्फ्लिक्ट अफ इन्ट्रेस्टको नाममा अनुभव बोकेकालाई छेक्ने नै हो कि ?’

नेता चौधरीले आफूलाई गत निर्वाचनमा हराउन भूमिका निर्वाह गरेका नेताहरू बोकेर पार्टीको नेतृत्व गर्ने सपना कोइरालाले देखेको पनि बताए ।

‘घर–घर गएर पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयश त्रिपाठीका लागि ठाउँ–ठाउमा, बुथ–बुथमा मान्छे राखी पार्टीका शीर्षस्थ नेतालाई तथानाम गाली गरी हराउन हरप्रयास गर्ने लुम्बिनी प्रदेश महामन्त्रीमा आशिन भएर बस्नेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिनमा ?,’ उनले कोइरालालाई प्रश्न गरे ।

यसअघि नेता कोइरालाले सोमबार केन्द्रीय सदस्यका लागि नेता चौधरीको योग्यताबारेमा प्रश्न गरेका थिए ।

‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?,’ उनले प्रश्न गर्दै भनेका थिए ।

कोइरालाले पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवाले सभापतिमा प्रतिस्पर्धा गर्ने क्रममा सुजाता कोइरालाको केन्द्रीय सदस्य लड्ने इच्छा भए पनि योग्यताका कारण नपाएको स्मरण गराएका थिए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ५१ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो