विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी « Khabarhub

विधेयकमा भएको छेडखानीबारे खतिवडाले गराए पार्टीलाई जानकारी


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकमा भएको छेडखानीबारे नेपाली कांग्रेसलाई जानकारी गराएका छन् । 

ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले केन्द्रीय सदस्यका हैसियतमा बोल्दै विधेयकमा संसदीय समितिबाट सर्वसम्मत व्यवस्था गरिएको ‘कुलिङ पिरियड’ मा भएको छेडखानीबारे जानकारी गराएका हुन् । 

खतिवडाले बैठकमा समितिले ‘कुलिङ पिरियड’ राख्न समितिले गरेको सर्वसम्मत निर्णय र छेडखानी पछि गरिरहेको कामबारे जानकारी दिए । उनले मंगलबारमात्रै समितिले सभामुख देवराज घिमिरेलाई समिति गठन गरेर छानबिन गर्न आग्रह गरेको पनि बताए । 

उनले विधेयकमा भएको छेडखानीबारे विज्ञप्ति जारी गर्नका लागि आफूले पार्टीसमक्ष अनुमति मागेको बैठकलाई जानकारी गराए । सभापति खतिवडाले बैठकमा आफूले जारी गर्न गइरहेको विज्ञप्तिमा खाका पढेर पनि सुनाएका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०३ बजे

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर

काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो