तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव « Khabarhub

तीनै तहका सरकारको सामर्थ्य बढाउन शंकर पोखरेलका सात सुझाव


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनकै लागि राज्यले नधान्ने माग राख्नु अनुचित भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई आफ्नो सामर्थ्य बढाउन आग्रह गरेका छन् ।

पोखरेलले सरकारलाई सामर्थ्य बढाउन विभिन्न सातवटा सुझाव पनि दिएका छन् ।

लेख्दै पोखरेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनु सरकारको सामर्थ्य बढाउने पहिलो प्रयास हुने उल्लेख गरेका छन् ।

यसैगरी राजश्व परिचालन गरी स्रोत वृद्धिको प्रभावकारी योजना बनाउन पनि उनले तीनै तहका सरकारलाई सुझाएका छन् ।

महासचिव पोखरेलले तोकिएको समयमा योजनाअनुसारको कार्यसम्पादनमा जोड दिन पनि आग्रह गरेका छन् ।

सरकारहरूले सूचना प्रविधिको अधिककतम् प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन पनि उनले सुझाव दिएका छन् ।

यसैगरी मागमा आधारितभन्दा योजनामा आधारित कार्यक्रमलाई जोड दिन पनि पोखरेलले भनेका छन् ।

महासचिव पोखरेलले सरकारहरूले आफूले गरेका कामको अभिलेखिकरण र मूल्यांकन प्रकृयालाई प्रभावकारी बनाउन आग्रह गरे ।

यी सबै काम गर्न आफ्नो तहको प्रशासनिक र संरचनागत सुधार गर्दै कार्य दक्षता र जवाफदेहिता अभिवृद्धिमा जोड दिनुपर्ने महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै