हृदयघात भएर बित्ने ‘बिग बोस’का प्रतिस्पर्धी ४ पुगे « Khabarhub

हृदयघात भएर बित्ने ‘बिग बोस’का प्रतिस्पर्धी ४ पुगे


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सलमान खान प्रस्तोता रहेको टेलिभिजन कार्यक्रम ‘बिग बोस’को सिजन १९ अगस्ट ३ बाट प्रशारण हुने खबर छ ।

गत शुक्रबार यही शोको प्रतिस्पर्धी समेत रहेकी शेफाली जरिवाला निधन भए भयो । उनको मृत्युको कारण हृदयघात भएको प्रहरीको प्रारम्भिक अनुसन्धनाबाट खुलेको छ । उनी १३ औं सिजनको प्रतिस्पर्धी थिइन् ।

यी दुई कारणले पनि बिग बोसको चर्चा भइरहेको छ । पञ्जावी गायिका तथा मोडल हिमान्सी खुरानाको स्टयाट्सले शेपालीको मृत्यु बिग बोससँग जोडिएको हो ।

४२ वर्षीया शेफालीको मृत्यु भएपछि उक्त सिजनकै प्रतिस्पर्धी हिमान्सी खुरानाले सामाजिक सञ्जाल एक्समा लेखिन्, ‘मलाई लाग्छ विग बोस श्रापित स्थान हो ।’

उनको यो अभिव्यक्तिले अहिले चर्चा पाएको छ । कारण– विग बोसका चार प्रतिस्पर्धीले हृदयघातका कारण ज्यान गुमाएका छन् ।

सोहीकारण हिमान्सीले विग बोस घरलाई ‘श्रापित स्थान’ भनेकी हुन् । उनको उक्त अभिव्यक्तिले मिश्रित प्रतिक्रिया पाएको छ ।

शेफालीअघि सिद्धार्थ शुक्लाको हृदयघातका कारण ज्यान गएको थियो । उनको मृत्यु सन् २०२१ मा भएको हो । ४० वर्षको उमेरमा उनको निधन भएको हो ।

शेफाली र सिद्धार्थले एकै सिजनका प्रतिस्पर्धी समेत हुन् । यी दुवैको निधनपछि अहिले बिग बोस घरमा उनीहरुको खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शेफालीले निधनको केही दिनअघि सिद्धार्थसँग अंकमाल गरेको तस्बिर सेयर गर्दै लेखेकी थिइन्, ‘तिम्रोबारेमा सोच्दै छु मेरो साथी ।’

त्यस्तै सोनाली फोगटको पनि सन् २०२२ मा अगस्टमा हृदयघातका कारण मृत्यु भएको थियो । उनी बिग बोस सिजन १४ को प्रतिस्पर्धी थिइन् । मृत्यु हुँदा उनको मेरा ४१ वर्षको थियो ।

राजु श्रीवास्तवको पनि सन् २०२२ मै निधन भएको थियो । उनको मृत्युको कारण पनि हृदयघात नै रहेको बताइएको छ ।

हाँस्य कलाकार राजुको ५८ वर्षको उमेरम निधन भएको हो । उनले सिजन ३ को बिग बोसमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै, बिग बोस सिजन ७ की प्रतिस्पर्धी प्रत्युषा बनर्जीले २४ वर्षको उमेरमै प्राण त्यागिन् । उनी सन् २०१६ मा मुम्बईको अपर्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : १३ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि