ङुइला नाका तीन महिनाका लागि खुल्ला « Khabarhub

ङुइला नाका तीन महिनाका लागि खुल्ला


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

गोरखा– तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुल्ला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।

वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुल्ला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो । 

गत वर्ष सो नाका एक महिनाका लागि खुलेको थियो । तिब्बती नाका खुल्ला भएसँगै हालसालै संकलन गरिएको यार्सागुम्बा, वनलसुनलगायत जडीबुटी तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुशी भएका छन् ।

चुमनुब्री–१ स्थित रुइला नाका भने हाल खुल्ला गरिएको छैन ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ३८ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण