बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो, ४२ जनाको मृत्यु | Khabarhub Khabarhub

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो, ४२ जनाको मृत्यु


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा जुन महिनामा डेङ्गुका मामिला उल्लेखनीय रूपमा बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ । मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट सङ्क्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेङ्गुका घटनाहरू रेकर्ड गरिएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले सोमबार सार्वजनिक गरेको तथ्यांकले यस वर्ष अहिलेसम्म डेङ्गुका सङ्क्रमितको सङ्ख्या १० हजार दुई सय ९६ पुगेको देखाएको छ ।

सोमबार स्थानीय समयअनुसार ८ः०० बजेसम्म २४ घण्टामा राजधानी ढाकामा ८७ सहित कुल चार सय २९ नयाँ डेङ्गुका घटना रिपोर्ट गरिएको डिजिएचएसको तथ्यांकले देखाएको छ । जुनमा १९, मेमा तीन, अप्रिलमा सात, फेब्रुअरीमा तीन र जनवरीमा १० जनाको मृत्यु भएको डिजिएचएसले जनाएको छ ।

यस वर्ष जनवरी १ देखि जुन ३० सम्म देशभरका विभिन्न अस्पतालबाट उपचारपछि नौ हजार ८७ जना डेङ्गुका बिरामी घर फर्केका छन् । जुन–सेप्टेम्बर मनसुन अवधि बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम हो । बङ्गलादेशे लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिममा रहेको राष्ट्र हो । 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ३८ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा