राजावादी आन्दोलनबारे गृहमन्त्रीको ब्रिफिङ- निष्तेज भइसक्यो, अब उठ्न सक्दैन « Khabarhub

राजावादी आन्दोलनबारे गृहमन्त्रीको ब्रिफिङ- निष्तेज भइसक्यो, अब उठ्न सक्दैन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादीहरूको आन्दोलन अब निष्तेज भइसकेको निष्कर्ष नेपाली कांग्रेसलाई सुनाएका छन् ।

सोमबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको तर्फबाट आफ्नो मन्त्रालयको कामको ब्रिफिङका क्रममा मंगलबार लेखकले यस्तो बताएका हुन् ।

‘राजावादी आन्दोलन सफल हुन्छ भन्ने केहीलाई लागेको थियो’, उनले भने, ‘शासन व्यवस्था उल्ट्याउन खोजिएको थियो । तर उनीहरूको आन्दोलन अब निष्तेज भइसकेको छ, उठ्न सक्दैन ।’

उनले बैठकमा ब्रिफिङका क्रममा गणतन्त्र पल्टाउने गतिविधि निष्तेज भइसकेका निष्कर्ष सुनाए । मुलुकका केही ठाउँमा धार्मिक भड्कावका गतिविधि हुने सम्भावना देखिए पनि अब टरेर गएको उनले सुनाए ।

‘हामीमाझ सीमा वारपारका गतिविधिको पनि जोखिम छ’, उनले भने, ‘सवारी दुर्घटना, लागुऔषध सेवन, आत्महत्या र साइबर क्राइम एमदमै चुनौतीपूर्ण भएका छन् ।’

उनल धेरै पुरानो अपराधमा पनि मानिसहरू पक्राउ पर्ने क्रम जारी रहेको बताए । लेखकले यी चार अपराधलाई घटाउन विशेष रुपले पहल अघि बढाएको पनि बताएका छन् ।

उनले आफू गृहमन्त्री हुँदाको समय देशमा १७ वटा समूह आन्दोलनमा रहेका सुनाए । ‘सहकारीदेखि मिटर ब्याजको कुरामा पनि आन्दोलन थियो । अहिले माइतीघर मण्डल खाली छ’, उनले भने, ‘राजावादी पनि सेलाइसकेका छन् । सबै काम राम्रो भएको छ भनेको होइन । राम्रो गर्ने कोसिस जारी छ । साथीहरूको सुझाव पनि चाहिएको छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै