कांग्रेसले भन्यो- ‘कुलिङ पिरियड’ व्यवस्थामा भएको छेडखानी क्षम्य हुँदैन | Khabarhub Khabarhub

कांग्रेसले भन्यो- ‘कुलिङ पिरियड’ व्यवस्थामा भएको छेडखानी क्षम्य हुँदैन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरेको जनाएको  छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी क्षम्य नहुने बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा पदीय दुरुपयोग गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । माथिल्लो सदनमा विधेयक पारित गर्न बाँकी रहेकाले यसअघि भएका सहमति अनुसार नै कार्यान्वयन हुनुपर्ने उनले बताए ।

सरकारमा नेपाली काग्रेसको प्रभावकारी उपस्थितसँगै गठबन्धनको विकल्प नभएको उनले बताए । पार्टीबाट सरकामा रहेका मन्त्रीहरूको काममा सन्तोषजनक नभएको  बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेको उनले जानकारी दिए । 

संसद् भित्र र बाहिर रहेका पार्टीका जिम्मेवार नेताहरूले नै अनुशासन भन्दा बाहिर गएर पार्टीको विपक्षमा अभिव्यक्ति दिने गरेको विषयमा पनि केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएको उनले बताए । केन्द्रीय समितिको बैठक बुधबार पनि जारी रहने उनले बताए  ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ५३ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा