गृहमन्त्रीले फेरि दोहोर्‍याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’ « Khabarhub

गृहमन्त्रीले फेरि दोहोर्‍याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा आफूमाथि लागेका आरोपहरूलाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेका छन्।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले भने, ‘मातहतको कर्मचारीमाथि अख्तियारले अनुसन्धान सुरु गरेकै भरमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित र नाजायज हो।’

गृह मन्त्रालय मातहतको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भएको कथित भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियारले अनुसन्धान सुरु गरेपछि मन्त्री लेखकको नाम पनि जोडिँदै आएको छ।

तर, उनले त्यसलाई अस्वीकार गर्दै भने, ‘मैले स्वयम् अनुसन्धानमा सहयोग पुर्‍याएको छु। अख्तियारले मागेका कागजपत्र दिएको छु। यसलाई राजनीतिक विषय बनाएर अघि बढाउनु गलत हो।’

उनले भिजिट भिसा मात्रै होइन, नेपाल आउजाउ गर्ने प्रक्रियामा समेत प्रणालीगत सुधार आवश्यक रहेको बताएका छन्। ‘नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कार्यदल बनाइएको छ, र त्यसले काम गरिरहेको छ,’ मन्त्री लेखकले स्पष्ट पारे।

उनले थपे, ‘संविधान र कानुनअनुसार अख्तियारलाई अनुसन्धान गर्ने अधिकार छ। अख्तियारले सुरू गरेको प्रक्रिया उसैले निष्कर्षमा लैजाओस्। तर, त्यो अनुसन्धानलाई बहाना बनाएर कसैलाई बदनाम गर्न खोजिए स्वीकार्य हुँदैन।’

कांग्रेस बैठकलाई सम्बोधनका क्रममा उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सुधार प्रक्रियामा सहमति जनाएर भिजिट भिसा प्रकरणको आन्दोलनबाट पछि हटेको बताए । यद्यपि, केही दलहरू (रास्वपा र राप्रपा) अझै पूर्ण रूपमा सहमत हुन नसकेका जानकारी उनले दिए ।

मन्त्री लेखकले भने, ‘कुन आन्दोलन किन थालियो र किन रोकियो भनेर व्यक्तिगत रिस वा बदला लिनु राजनीति र शासनका लागि हितकारी होइन।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ५५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष