राजावादी आन्दोलनबारे गृहमन्त्रीको ब्रिफिङ- निष्तेज भइसक्यो, अब उठ्न सक्दैन « Khabarhub

राजावादी आन्दोलनबारे गृहमन्त्रीको ब्रिफिङ- निष्तेज भइसक्यो, अब उठ्न सक्दैन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादीहरूको आन्दोलन अब निष्तेज भइसकेको निष्कर्ष नेपाली कांग्रेसलाई सुनाएका छन् ।

सोमबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको तर्फबाट आफ्नो मन्त्रालयको कामको ब्रिफिङका क्रममा मंगलबार लेखकले यस्तो बताएका हुन् ।

‘राजावादी आन्दोलन सफल हुन्छ भन्ने केहीलाई लागेको थियो’, उनले भने, ‘शासन व्यवस्था उल्ट्याउन खोजिएको थियो । तर उनीहरूको आन्दोलन अब निष्तेज भइसकेको छ, उठ्न सक्दैन ।’

उनले बैठकमा ब्रिफिङका क्रममा गणतन्त्र पल्टाउने गतिविधि निष्तेज भइसकेका निष्कर्ष सुनाए । मुलुकका केही ठाउँमा धार्मिक भड्कावका गतिविधि हुने सम्भावना देखिए पनि अब टरेर गएको उनले सुनाए ।

‘हामीमाझ सीमा वारपारका गतिविधिको पनि जोखिम छ’, उनले भने, ‘सवारी दुर्घटना, लागुऔषध सेवन, आत्महत्या र साइबर क्राइम एमदमै चुनौतीपूर्ण भएका छन् ।’

उनल धेरै पुरानो अपराधमा पनि मानिसहरू पक्राउ पर्ने क्रम जारी रहेको बताए । लेखकले यी चार अपराधलाई घटाउन विशेष रुपले पहल अघि बढाएको पनि बताएका छन् ।

उनले आफू गृहमन्त्री हुँदाको समय देशमा १७ वटा समूह आन्दोलनमा रहेका सुनाए । ‘सहकारीदेखि मिटर ब्याजको कुरामा पनि आन्दोलन थियो । अहिले माइतीघर मण्डल खाली छ’, उनले भने, ‘राजावादी पनि सेलाइसकेका छन् । सबै काम राम्रो भएको छ भनेको होइन । राम्रो गर्ने कोसिस जारी छ । साथीहरूको सुझाव पनि चाहिएको छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ४४ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी