अर्थसंक्षेप : नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार र नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार र नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेप्सेमा फर्कियो रौनक, लगातार तेस्रो दिन २९ अंकले बढ्यो बजार

शेयर बजारमा रौनक फर्किएको छ । लगातार तेस्रो दिन पनि शेयर बजार २९ अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकै दिन २८.९१ अंकले बढेको छ ।

मंगलबार नेप्से १.०९ प्रतिशतले बढेर २६६०.३९ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा कारोबार पनि बढेको छ । मंगलबार ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर कारोबार भएको छ ।

कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

एनसेलले नयाँ ९७१ रेन्जबाट मोबाइल नम्बर उपलब्ध गराउने

नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण

तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मंगलबार एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गरे ।

त्यस अवसरमा उनले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताए । पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै उनले निजी क्षेत्रलाई सरकारले सधैँ प्रोत्साहन गर्ने बताए ।

झोलुङ्गे पुलले छोटियो यात्रा, स्थानीय भन्छन्- वारिपारि र अर्मपर्म गर्न सजिलो

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा, फार्म छेउमै रहेको बारीमा भेटिन्छन् चन्द्रलाल पाण्डे ।

बारीको घाँस काट्ने, तकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकी नै हो । आकस्मिक कामबाहेक उनी फार्म छाडेर कतै जादैनन्। जानका लागि उनलाई फुर्सद पनि हुँदैन ।

करिब २० वर्ष अगाडि कतार पुगेका चन्द्रलालले पाँच वर्ष उनी बिताए । परदेशी भूमि, दुःखको काम त्यसमाथि साहुको गालीबोली जसले गर्दा उनलाई विदेश बस्नै मन भएन ।

पाँच वर्ष बिताएपछि उनी स्वदेश फर्किए । गाउँ फर्किएपछि उनले विक्रम संवत् २०६७ देखि व्यावसायिक रुपमा तरकारीखेती गर्न थाले । बिस्तारै भैँसी पालेर दूध बिक्री गर्न थाले । अहिले चन्द्रलालले तरकारी र दूध बिक्री गरेरै राम्रो आम्दानी गर्दै आएका छन् ।

सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

यहाँको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ ।

सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए ।

सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट रु ५० हजार र पाकेको फल बिक्री गरेर दुई लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताए। मेवा बिक्रीबाट आएको मुनाफालाई शेयर सदस्यलाई दिने गरिएको उनी बताउँछन्।

लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ ।

यहाँ मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण रुपमा बिजुली उत्पादन भएको हो । गत मङ्सिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्षमतामा उत्पादन भएको हो ।

जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा गत मङ्सिरको सुरुआतदेखि नै विद्युत् उत्पादन घटेर यस आयोजनाको विद्युत् २४ मेगावाट मात्र उत्पादन हुने गरेको थियो । यतिबेला भने मर्स्याङ्दी नदीमा पर्याप्त पानी भएकाले ७० मेगावाट नै बिजुली उत्पादन भइरहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख पवन बस्नेतले बताए।

मुस्ताङमा अठार करोडको लागतमा तटबन्ध निर्माण

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ०८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय