एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी | Khabarhub Khabarhub

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

यही जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

वरितमान कार्यसमितिमा महासचिव रहेका कुँवरले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका उनी एक दशक अगाडि एनआरएनए अष्ट्रेलियाको राज्य समन्वय परिषद्को सचिव बनेका थिए।

यसअघि कुँवर राज्य संयोजक (२०१७ -२०१९), आईसीसी सदस्य (२०१९-२०२१), ओसेनिया क्षेत्रीय उप संयोजक (२०२१- २३) बनिसकेका छन् ।

करिब १० वर्षको एनआरएनए यात्राका क्रममा संस्थाको दिगो बिकास र एनआरएनए अष्ट्रेलियालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, स्रोतको पहुँचलगायत विभिन्न तहका सरकारी समन्वयकारी भूमिकामा उनले योगदान दिएका छन्।

‘मेरो योगदान संस्थामा आबद्ध सबैमाझ लुकेको छैन, यसका साथै संस्थामा दिगो स्वयमसेवाको अवधारणाका लागि मेरो प्रयास जारी छ’, उनले भनेका छन् ।

उनले अहिले अनिल पोखरेलको नेतृत्व र सामूहिक प्रयासमा संस्थाले थप उचाइ लिन सफल रहेको समेत बताएका छन् ‌।

आफूले अध्यक्षका रूपमा दुई वर्षका कार्ययोजनाहरू समेत तयार पारेको भन्दै उनले यसबारे छिट्टै घोषणा गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ४२ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै