एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी « Khabarhub

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

यही जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

वरितमान कार्यसमितिमा महासचिव रहेका कुँवरले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका उनी एक दशक अगाडि एनआरएनए अष्ट्रेलियाको राज्य समन्वय परिषद्को सचिव बनेका थिए।

यसअघि कुँवर राज्य संयोजक (२०१७ -२०१९), आईसीसी सदस्य (२०१९-२०२१), ओसेनिया क्षेत्रीय उप संयोजक (२०२१- २३) बनिसकेका छन् ।

करिब १० वर्षको एनआरएनए यात्राका क्रममा संस्थाको दिगो बिकास र एनआरएनए अष्ट्रेलियालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, स्रोतको पहुँचलगायत विभिन्न तहका सरकारी समन्वयकारी भूमिकामा उनले योगदान दिएका छन्।

‘मेरो योगदान संस्थामा आबद्ध सबैमाझ लुकेको छैन, यसका साथै संस्थामा दिगो स्वयमसेवाको अवधारणाका लागि मेरो प्रयास जारी छ’, उनले भनेका छन् ।

उनले अहिले अनिल पोखरेलको नेतृत्व र सामूहिक प्रयासमा संस्थाले थप उचाइ लिन सफल रहेको समेत बताएका छन् ‌।

आफूले अध्यक्षका रूपमा दुई वर्षका कार्ययोजनाहरू समेत तयार पारेको भन्दै उनले यसबारे छिट्टै घोषणा गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ४२ बजे

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

भैरहवा – नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई