म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार « Khabarhub

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मालिका गाउँपालिका–२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो । 

कूल रु एक करोड ७१ लाख ७१ हजार ८५१ को लागतमा निर्माण भएका योजनाबाट ३३८ वटा धाराबाट घरघरमा खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए । 

खानेपानी योजना निर्माणमा नेवाले ८० लाख ७० हजार २१० र मालिका गाउँपालिकाले रु ४२ लाख ९१ हजार ९० लगानी गरेका छन्भने उपभोक्ताहरुले रु ४७ लाख नौ हजार सात सय ५१ बराबरको श्रमदान गरेका थिए । 

मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आर्थिक वर्ष २०८१-०८२ मा सात वटा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण भएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। 

वडा नम्बर १ निस्कोटमा एक सय २५ र वडा नं। ३ को डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुम्पीपारका ५३ परिवार लाभान्वित भएका उनले बताए । 
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : १९ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष