जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा « Khabarhub

जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त अपरेशनमा राजधानीका ठमेल र महाराजगञ्जबाट आपराधिक गतिविधिमा संलग्न ४७ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कुख्यात गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन पनि सामेल छन्।

चक्रे मिलन बुधबार जन्मदिन मनाइरहेका थिए। महाराजगञ्जस्थित होटल साम्बालामा आयोजित जन्मदिन समारोहमा हो-हल्ला र तामझाम गरेको थाहा पाएपछि प्रहरीको छापा मारेर उनीहरूलाई समातेको हो ।

चक्रे मिलनले होटल साम्बाला जाँदा पनि सडकमा तामझाम देखाएका थिए । सडकमा सवारी साधन नै अवरुद्ध हुने गरि उनले गरेको तामझामपछि प्रहरी सतर्क भएको थियो। चक्रे मिलनको टोलीले दर्जनौँ गाडी एकसाथ सडकमा निकालेर जन्मदिनको र्‍याली नै निकालेका थिए।

कयौँ वर्षदेखि आपराधिक गतिविधिमा संलग्न चक्रे मिलनलाई प्रहरीले विशेष निगरानीमा राख्दै आएको थियो। उनीसँग शत्रुतापूर्ण सम्बन्ध रहेका दीपक मनाङे अहिले जेलमा छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी नेतृत्वको यो कारबाहीमा चक्रे मिलनसहित उनका सहयोगीहरू समातिएका हुन् । प्रहरीले बुधबार बिहान ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइ पनि पक्राउ परेका छन्। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगीमध्ये एक हुन् ।

उनीहरूले पछिल्लो समय ठमेल र महाराजगञ्जका रेष्टुरेन्ट र नाइट क्लबमा बसेर धम्की दिन थालेका थिए । त्यसैगरि हप्ता असुली, झगडा र गुण्डागर्दीसहितका आपराधिक क्रियाकलापमा उनीहरूको संलग्नता देखिन थालेको थियो ।

चक्रे मिलन पटक–पटक यसअघि कयौँ पटक समातिएका व्यक्ति हुन् । तर उनले कानुनी राहत पाउँदै रिहा हुन्थे ।

उनी पछिल्लो पटक २०७४ सालमा महाराजगञ्जबाट पक्राउ परेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनलाई नेकपा एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि अदालतमा पेश गरिँदैछ । त्यसपछि आवश्यक मुद्दाको प्रक्रिया थालिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ११ : ४८ बजे

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा