माघ १ मा दयाहाङ स्टारर ‘मिरमिरे’ र बल्छीको डेब्यू निर्देशन ‘गोबर गणेश’को बक्स अफिस क्ल्यास « Khabarhub

माघ १ मा दयाहाङ स्टारर ‘मिरमिरे’ र बल्छीको डेब्यू निर्देशन ‘गोबर गणेश’को बक्स अफिस क्ल्यास


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । छायाङ्कनरत यस फिल्मको प्रदर्शन मिति निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।

माघ १ गते प्रदर्शन मिति तय भएसँगै यस फिल्मको बक्स अफिस प्रतिस्पर्धा ‘गोबर गणेश’सँग हुने देखिएको छ । हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छीको धुर्बे’को डेब्यू निर्देशनमा बन्ने ‘गोबर गणेश’को प्रदर्शन मिति यसअघि नै माघ १ लाई तोकिएको थियो ।

अर्थात्, बल्छीले डेब्यू निर्देशनमै बक्स अफिस प्रतिस्पर्धाको अनुभव लिने भएका छन् ।

यम शेर्पाको दोस्रो लेखन तथा निर्देशनमा ‘मिरमिरे’को छायाङ्कन काभ्रेमा जारी छ । यस फिल्ममा दयाहाङसहित प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा छन् ।

‘गोबर गणेश’ भने अहिले कलाकार र प्राविधिक चयनकै चरणमा छ । भदौ पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारीमा बल्छी रहेका छन् ।

यस फिल्मको नायिकामा वर्षा सिवाकोटी फाइनल भएकी छन् । नायक भने चयन हुन बाँकी छ । पदम तामाङ, पुजन घिमिरे, माओत्से गुरुङ र सीतादेवि तिम्लसेना मुख्य भूमिकाका लागि फिल्ममा अनुबन्ध भइसकेको बल्छीले बताएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : १७ बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई