पश्चिम नवलपरासीमा नौ खानेपानीयोजना सञ्चालनमा « Khabarhub

पश्चिम नवलपरासीमा नौ खानेपानीयोजना सञ्चालनमा


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका नौ खानेपानी योजना सञ्चालनमा आएका छन् ।

सङ्घीय सरकारको चार आयोजना तथा प्रदेश सरकारको पाँच आयोजना आर्थिक वर्ष २०८१/८२ देखि सञ्चालनमा ल्याइएको नवलपरासी खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश न्यौपानेले बताए । 

उनका अनुसार मुढाहा खानेपानी आयोजना, भगवती मन्दिर खानेपानी आयोजना, बन्देवी खानेपानी आयोजना, कुनुवार खानेपानी योजना र कञ्चनपुर खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो ।

यस्तै बर्दघाट–१ पञ्चनगर खानेपानी आयोजना, दाउन्ने देवी खानेपानी आयोजना, सुक्रौली खानेपानी आयोजना तथा छिबनी खानेपानी आयोजना सङ्घीय सरकारको लगानीमा बनेको हो । 

प्रत्येक नागरिकले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने उद्देश्यका साथ सङ्घीय सरकार र प्रदेश सरकारले खानेपानी सञ्चालन गर्न ११ करोड २४ लाख ७७ हजार विनियोजन गरेकामा १० करोड ३७ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण गरिएका हुन् । ती योजनाबाट एक हजार ५७ घरधुरी लाभान्वित भएका प्रमुख न्यौपानेले बताए ।

छिबनी खानेपानी सञ्चालनमा आएपछि दुई सय ३५ धारा जडान गरिएका  छिबनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । 

यस्तै कुनुवार खानेपानी सञ्चालनमा आएपछि ७० धारा जडान गरिएका छन् । धारा जोड्ने काम भइरहेको कुनुवार खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र यादवले बताए। 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ०९ बजे

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको