गाजास्थित सहायता वितरण स्थलमा अमेरिकी अधिकारी « Khabarhub

गाजास्थित सहायता वितरण स्थलमा अमेरिकी अधिकारी


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ दक्षिणी गाजाको रफाहमा रहेको सहायता वितरण स्थलमा पुगेका छन् ।

सहायता वितरक गाजा मानवीय फाउन्डेसनसँग काम गर्ने कम्पनीका निर्देशकलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार बिहीबार ह्वाइट हाउसले विटकफ र इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीको गाजा भ्रमणको घोषणा गरेको थियो ।

‘विटकफ र हकाबीले आफ्नो भ्रमण लगत्तै राष्ट्रपतिलाई यस क्षेत्रमा खाद्यान्न र सहायता वितरणको अन्तिम योजना अनुमोदन गर्न जानकारी गराउनेछन्,’ समाचारमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले त्यो योजना स्वीकृत र सहमति जनाएपछि ह्वाइट हाउसले थप विवरणहरू प्रदान गर्नेछ ।’

विटकफको यो दोस्रो गाजा भ्रमण हो । ट्रम्पले पदभार ग्रहण गरेको केही समयपछि, विटकफले एन्क्लेभको भ्रमण गरेका थिए । एक दशक भन्दा बढी समयपछि भ्रमण गर्ने उनी अमेरिकी अधिकारी हुन् ।

हमासलाई ‘खराब नियत’ ले वार्ता गरेको आरोप लगाउँदै अमेरिकाले गाजा युद्धविराम वार्ताबाट पछि हटेको एक हप्तापछि विटकफले बिहीबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ०९ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य