अबुधाबी र दुबईको आकाशमा बाक्लो कुहिरो, अत्यधिक गर्मी « Khabarhub

अबुधाबी र दुबईको आकाशमा बाक्लो कुहिरो, अत्यधिक गर्मी


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार बिहान युएईका विभिन्न क्षेत्रमा बाक्लो कुहिरो लागेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार अस्थिर मौसमका कारण अबुधाबीलाई असर गरेको छ ।

शुक्रबार बिहान बाक्लो कुहिरो लागेकाले युएईमा बिहान २ः३० बजेदेखि ८ः३० बजेसम्म भिजिबिलिटी कम रहेको बताइएको छ । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले युएईका केही भागमा हुस्सु लाग्ने चेतावनी जारी गरेको छ ।

युएईका पश्चिम तटीय क्षेत्रमा बिहानको समयमा कुहिरोले भिजिबिलिटी उल्लेखनीय रूपमा बिगार्न सक्ने एनसीएमले उल्लेख गर्दै मोटर चालकलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेको थियो ।

अबुधाबी प्रहरीले आफ्नो आधिकारिक एक्स (ट्विटर) अकाउन्टमार्फत् चालकहरूलाई इलेक्ट्रोनिक बोर्डहरूमा देखाइएको गति सीमा पालना गर्न र कुहिरो लाग्ने समयमा सुरक्षित रूपमा गाडी चलाउन आह्वान गरेको छ ।

यसैबीच, अत्यधिक गर्मीको अवस्थाले युएईलाई अझै सताएको छ । एक्युवेदरका अनुसार, अबुधाबीमा उच्च तापक्रम ४६ डिग्री सेल्सियससम्म पुगेको छ । स्थानीयलाई दिउँसोको समयमा घरभित्रै बस्न सल्लाह दिइएको छ । शुक्रबार राति तापक्रम थोरै मात्र घट्ने अपेक्षा गरिएको छ । न्यूनतम ३५ डिग्री सेल्सियस र आंशिक रूपमा आकाशमा बादल लाग्ने सम्भावना रहेको बताइएको छ ।

दुबईले पनि तीव्र गर्मीको सामना गरिरहेको छ । शुक्रबार दिउँसो उच्चतम तापक्रम ४६ डिग्री सेल्सियस र हावा चल्ने अनुमान गरिएको छ । आकाशमा घाम लाग्ने छ । रातको तापक्रम ३४ डिग्री सेल्सियस वरिपरि रहनेछ । गर्मी असहज हुने बताइएको छ ।

दश दिनसम्मको मौसम पूर्वानुमानले युएईभरि निरन्तर चर्को गर्मी हुने भविष्यवाणी गरेको छ । दिउँसो उच्चतम तापक्रम ४२ डिग्रीदेखि ४४ डिग्री बीचमा रहनेछ । रातको न्यूनतम तापक्रम लगातार ३३ डिग्रीमाथि रहनेछ ।

एनसीएमको विस्तृत मौसम पूर्वानुमानले सामान्यतया सफादेखि आंशिक बादल लाग्ने, पूर्व र दक्षिणतिर बाक्लो बादल लाग्ने सम्भावना छ । यसले सम्भवतः वर्षा हुने सम्भावनाको संकेत गर्ने एनसीएमले जनाएको छ । हावा दक्षिणपूर्वदेखि उत्तरपूर्वतिर १०–२५ किलोमिटर प्रति घण्टाको गतिमा रहने छ भने आंशिक रुपमा ४० किलोमिटर प्रति घण्टा पुग्नेछ । र यसले धुलो उडाउन सक्ने छ । अरबी खाडीमा समुद्री अवस्था हल्का र ओमान सागरमा हल्कादेखि मध्यम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ३० बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष