मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषधमूक्त बनाउन अत्यन्त कडा र निर्मम भएर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको निरीक्षणका क्रममा शुक्रबार गृहमन्त्री लेखकले चालु आवमा लागूऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने बताए ।

उनले ब्युरोलाई विभागका रुपमा कसरी विकास गर्न सकिन्छ, अध्ययन र धारणा बनाउन प्रहरी महानिरीक्षक र सिआईबी ब्युरोका प्रमुखलाई आग्रह गरेका छन् । उनले गृहमन्त्रालय ब्युरोलाई विभाग बनाउन प्रतिबद्ध रहेकाले अध्ययन गर्न आवश्यक भएको बताए ।

लागूऔषध अपराधजन्य कार्य भएकाले अपराधीलाई सजाय दिलाउने काममा मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत मन्त्री लेखकले प्रतिबद्धता जनाए । उनले प्रहरीले लागूऔषध नियन्त्रणविरुद्ध प्रगति गरेको भन्दै प्रशंशा गरे ।

‘लागूऔषधका अपराधि पक्रेर, चेन ब्रेक गर्ने, यसका विरुद्ध सचेतना फैलाउन जरुरी छ,’ गृहमन्त्री लेखकले भने, ‘घरघरमा जानकारी गराउन जरुरी छ, लागूऔषधले गर्ने असरबारे युवालाई, विद्यार्थीलाई जानकारी गराउन आवश्यक छ ।’

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : ०५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य