सभापति देउवाको तर्क- कांग्रेसलाई एकढिक्का बनाउन सके ०८४ मा बहुमत आउँछ « Khabarhub

सभापति देउवाको तर्क- कांग्रेसलाई एकढिक्का बनाउन सके ०८४ मा बहुमत आउँछ


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका छन् ।

कांग्रेस थारु विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै पार्टीको बहुमत आउन कठिन रहेको बताए ।

उनले पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउन सक्ने बताए ।

उनले संविधानमा उल्लेखित समावेशी र समानुपातिक व्यवस्थालाई थप बलियो बनाउँदै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे ।

मुलुक संघीय व्यवस्थामा गइसकेपछि कांग्रेसले थारु समूदायको प्रतिनिधित्व हुने गरि लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाएको उनले बताए ।

देउवाले पार्टीभित्र पनि समावेशीतालाई उच्च प्राथमिकता दिइएको जिकिर पनि गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : ५८ बजे

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै