कृषिमन्त्रीले भने- १० वर्ष यताकै सबैभन्दा धेरै रासायनिक मल आयात गरेका छौँ  « Khabarhub

कृषिमन्त्रीले भने- १० वर्ष यताकै सबैभन्दा धेरै रासायनिक मल आयात गरेका छौँ 


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यस वर्ष विगतको १० वर्षको तुलनामा सबैभन्दा धेरै रासायनिक मल आयात गरिएको बताएका छन्  ।

प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा कांग्रेस व्यावसायिक सिप विकास विभागले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले यस वर्ष सरकारले छुट्टाएको बजेटबाट ९८ प्रतिशत मल आयात गरेको बताएका हुन् । 

उक्त मल १० वर्ष यताकै सबैभन्दा धेरै भएको उनले बताए  । उनले धेरै मल आयात गरे पनि अझै पनि किसानले प्रयाप्त मल नपाएको जिकिर गरे ।

मन्त्री अधिकारीले रासायनिक मलले मानव स्वास्थ्यमा असर गर्ने भएकाले आफूले प्रांङ्गारिक मलमा जोड दिएपछि त्यसका लागि छुट्टै बजेट प्राप्त हुन नसकेको गुनासो गरे । प्राङ्गारिक मलको सहज रूपमा उपलब्ध गर्न सके कृषि उत्पादनबाट मानव स्वास्थ्यमा हुन सक्ने असरलाई न्यूनीकरण गर्न सकिने उनले बताए । 

त्यस्तै कांग्रेस व्यावसायिक सिप विकास विभागकी प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गंगादेवी अवालले कृषि क्षेत्रमा सरकारले अनुदान दिएपनि वास्तबिक किसान समक्ष अनुदान पुग्न नसकेको बताइन् । उनले अर्ग्यानिक खेतीका लागि कृषकहरूलाई प्रोत्साहन गर्न सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिइन् । 

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यका साथ हरेक वर्ष साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेको थियो । े

आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको कृषि विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : २५ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि