भारतमा यूपीआईको प्रयोग बढ्दो « Khabarhub

भारतमा यूपीआईको प्रयोग बढ्दो


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै बढेको पाइएको छ । सन् २०२५ मा यूपीआईमार्फत् हुने कारोबारको दर र परिमाण दुवै वृद्धि भएको एसबीआईको प्रतिवेदनले देखाएको छ ।

एसबीआईका अनुसार यूपीआईमार्फत् यस वर्षको जनवरी महिनामा दैनिक ७५ हजार ७ सय ४३ करोड भारु बराबर कारोबार हुँदै आएको थियो । तर, जुलाई महिनामा यो बढेर ८० हजार ९ सय १९ करोड भारु पुगेको छ ।

पछिल्लो तथ्याङ्कमा यूपीआईलाई बैङ्किङ क्षेत्र र उपभोक्ताले पनि रुचाएको देखिएको छ । तथ्याङ्क अनुसार जुन महिनामा यूपीआईमार्फत् सबैभन्दा धेरै महाराष्ट्रमा ९.८ प्रतिशत कारोबार भएको छ ।

त्यसपछि कर्णाटकमा ५.५ प्रतिशत र उत्तर प्रदेशमा ५.३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ७ : २८ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने