कृषिमन्त्रीले भने- १० वर्ष यताकै सबैभन्दा धेरै रासायनिक मल आयात गरेका छौँ  « Khabarhub

कृषिमन्त्रीले भने- १० वर्ष यताकै सबैभन्दा धेरै रासायनिक मल आयात गरेका छौँ 


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यस वर्ष विगतको १० वर्षको तुलनामा सबैभन्दा धेरै रासायनिक मल आयात गरिएको बताएका छन्  ।

प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा कांग्रेस व्यावसायिक सिप विकास विभागले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले यस वर्ष सरकारले छुट्टाएको बजेटबाट ९८ प्रतिशत मल आयात गरेको बताएका हुन् । 

उक्त मल १० वर्ष यताकै सबैभन्दा धेरै भएको उनले बताए  । उनले धेरै मल आयात गरे पनि अझै पनि किसानले प्रयाप्त मल नपाएको जिकिर गरे ।

मन्त्री अधिकारीले रासायनिक मलले मानव स्वास्थ्यमा असर गर्ने भएकाले आफूले प्रांङ्गारिक मलमा जोड दिएपछि त्यसका लागि छुट्टै बजेट प्राप्त हुन नसकेको गुनासो गरे । प्राङ्गारिक मलको सहज रूपमा उपलब्ध गर्न सके कृषि उत्पादनबाट मानव स्वास्थ्यमा हुन सक्ने असरलाई न्यूनीकरण गर्न सकिने उनले बताए । 

त्यस्तै कांग्रेस व्यावसायिक सिप विकास विभागकी प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गंगादेवी अवालले कृषि क्षेत्रमा सरकारले अनुदान दिएपनि वास्तबिक किसान समक्ष अनुदान पुग्न नसकेको बताइन् । उनले अर्ग्यानिक खेतीका लागि कृषकहरूलाई प्रोत्साहन गर्न सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिइन् । 

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यका साथ हरेक वर्ष साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेको थियो । े

आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको कृषि विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : २५ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०