माओवादीले मध्यपहाडी लोकमार्ग अभियान लमजुङबाट सुरू गर्ने « Khabarhub

माओवादीले मध्यपहाडी लोकमार्ग अभियान लमजुङबाट सुरू गर्ने


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि फेरि सुरू गर्ने तयारी गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबारबाट सुरू भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोस्रो सातापछि लमजुङबाट फेरि सुरू गर्ने प्रस्ताव गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय समितिबारे जानकारी गराएको पोखरेलले बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठक दशैँ र तिहारको बीचमा बस्ने प्रस्ताव अध्यक्षबाट आएको उनले जानकारी दिएका छन् ।

बैठकका केन्द्रीय पदाधिकारीले रिर्पोटिङ गरेपछि स्थायी कमिटी सदस्यहरूले शनिबारबाट धारणा राख्ने पोखरेलले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ३९ बजे

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै