‘भक्तपुरमा अन्तराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडी बढाएका छौँ’ « Khabarhub

‘भक्तपुरमा अन्तराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडी बढाएका छौँ’


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खेलकुदमन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडी बढाइएको बताएका छन्  । 

शुक्रबार सिंहदरबारमा आफ्नो एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै मन्त्री चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अगाडी बढाइएको जानकारी दिए । 

उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद नीति, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समसामयिक संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयारी भएको जानकारी दिए ।

मन्त्री चौधरीले जापानमा हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि मिसन २०२६ खेलाडी प्रशिक्षण अन्तर्गत १० खेलका ८५ जना खेलाडी र १९ जना प्रशिक्षक गरी जम्मा १०४ जनालाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको बताए । 

मूलपानी क्रिकेट रंगशाला, काठमाडौँ र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, मोरङ्गको डिपिआर सम्पन्न भएको, कीर्तिपुर क्रिकेट मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

मन्त्री चौधरीले अहिले २७ मध्ये १६ वटा खेलकुद संघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जानकारी दिँदै उक्त संघहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सरकारले नै सहजीकरण गर्ने बताए । ओलम्पिक कमिटीले गैरकानुनी रूपमा आफ्नो काम गरिरहेको बताउँदै उनले छिटै तदर्थ समिति गठन गर्ने समेत बताए ।  

मन्त्री चौधरीले छिटै राष्ट्रिय खेलकुदको मिति तय हुने र तोकिएको मितिमा नै प्रतियोगिता सम्पन्न गर्ने दाबी गरे । उनले अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौं उपत्यका भित्र जग्गा प्राप्तिको कार्य छिटै हुने उल्लेख गरे  । 

नेपालको दोस्रो पुरानो रंगशाला नारायणी रंगशाला र नारायणी कभर्ड हल निर्माणको कार्य अगाडी बढेको उनको भनाइ छ । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : २० बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा