बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’ « Khabarhub

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई सम्बोधन गर्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकार निरन्तर काम गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बालबालिकालाई ‘भोलिका उज्याला झुल्का’ भन्दै उनीहरूको सुरक्षित भविष्यका लागि आफूहरू सक्दो खटिरहेको बताए ।

उनले यसपटकको श्रीकृष्ण जन्माष्टमीमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिका खुसी हुन नसकेको उल्लेख गरे । बाढीका कारण कतिपय बालबालिका गहिरो पीडामा रहेको र कतिपय अझै स्तब्ध अवस्थामा रहेको उनले बताए ।

“कतिपय नानीबाबुहरूले अचानक के–के भयो, कतिले त सोच्नसमेत नभ्याएको” भन्दै उनले बाढीका कारण बालबालिकाका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका हुन सक्ने उल्लेख गरे ।

प्रधानमन्त्री शाहले विपद्को १०औँ दिनसम्म आइपुग्दा नेपालले ठूलो विपद् भोग्नुपरेको बताए । बाढीका कारण बालबालिकाका साथीहरू छुटेको, घर तथा बस्तीहरू खण्डहर बनेको र खेल्ने चौरहरू पुरिएको उनले उल्लेख गरे ।

उनका अनुसार बाढी गएको लगत्तै सरकारले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकाको उद्धारलाई पहिलो प्राथमिकतामा राखेको थियो । उद्धारको क्रम अहिले पनि जारी रहेको उनले बताए ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा बसिरहेका बालबालिकाको बसाइ सहज नभएको आफूहरूलाई थाहा रहेको बताए । उनीहरूका लागि चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गरिने उनले प्रतिबद्धता जनाए ।

“पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ”, उनले भनेका छन् ।

प्रधानमन्त्री शाहले भविष्यमा पनि विपद् आउन सक्ने भन्दै जलवायु परिवर्तनको ठूलो असर हिमालय क्षेत्रमा परिसकेको बताए । नेपालमा आएको विपद्का विषयमा विश्व समुदायलाई जानकारी गराउनु आवश्यक रहेको उनले उल्लेख गरे ।

प्रत्यक्ष रूपमा विपद् भोगेका बालबालिकासँगै अन्य क्षेत्रका बालबालिकालाई समेत विपद्बारे सचेत र सतर्क रहन उनले आग्रह गरे । आफ्नो भविष्य सुरक्षित बनाउन बालबालिकाले विपद्सँग लड्न, त्यसबाट बच्न र अरूलाई बचाउन सिक्नुपर्ने उनले बताए ।

उनले विपद् पूर्वतयारीका लागि ‘विपद् झोला’ तयार राख्न, सानो–सानो बचत गर्न तथा अध्ययन र छलफलमा ध्यान दिन बालबालिकालाई आग्रह गरे । जलवायु परिवर्तन के हो र त्यसले मानव जीवन तथा वातावरणमा कस्तो असर पारिरहेको छ भन्ने विषयमा अध्ययन गर्नसमेत उनले सुझाव दिए ।

त्यस्तै, बालबालिकाले आपसमा विपद् तथा जलवायु परिवर्तनका विषयमा छलफल गर्दै जनचेतना फैलाउने काममा पनि अगाडि बढ्नुपर्ने प्रधानमन्त्री शाहले बताए ।

उनले विपद्को भाषा विनाश र दुःख भए पनि संकटका समयमा एकता, सद्भाव र भ्रातृत्वको भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

श्रीकृष्णको सन्देशलाई स्मरण गर्दै उनले संघर्ष र विपद्का समयमा हार मानेर वा निराश भएर बस्न नहुने बताए । धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्दै सबै मिलेर विपद्को सामना गर्नुपर्ने उनको भनाइ छ ।

“हामी रोकिँदैनौँ । त्यसैले हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ”, प्रधानमन्त्री शाहले भनेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ९ : ४६ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६