सातामा शेयरबजार : ३००० बिन्दु कटेर ६० अङ्कले घट्यो | Khabarhub Khabarhub

सातामा शेयरबजार : ३००० बिन्दु कटेर ६० अङ्कले घट्यो


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यो साता नेपालको शेयर बजारले अघिल्लो वर्ष बनाएको ३००० बिन्दु पार गरेर करेक्सनको बाटो समातेको छ । साउन ११ देखि १५ सम्म शेयर बजारले ३००० हजार बिन्दु पार गरे पनि साताको अन्त्यमा करेक्सन आएको हो ।

साताका पूरै पाँच दिन शेयर कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । पाँच दिन अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६० अङ्कले घटेको थियो । नेप्से औसतमा दैनिक १२ अङ्कले घटेको थियो ।

नेप्से मङ्गलबार ३००२ बिन्दुसम्म पुग्यो । तर अघिल्लो दिनबाटै घट्न थालेको बजार यही बिन्दुमा टिक्न सकेन ।

कारोबारका हकमा यो साता नेपालको शेयरबजार सन्तोषजनक रह्यो । साताभर करिब एक खर्ब रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

साताभर ९६ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा १९ अर्ब ३७ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

पाँच कारोबार दिनमा २१ करोड ७८ लाख ७६ हजार ६३८ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा चार करोड ३५ लाख ७५ हजार ३२८ कित्ता शेयर कारोबार भयो ।

पाचँ दिन अवधिमा आठ लाख ४२ हजार ३२ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा एक लाख ६८ हजार ४०५ पटक शेयर किनबेच भयो ।

यो साता औसतमा दैनिक ३२२ वटा कम्पनीको शेयर कारोबार भयो ।

कुन दिन कस्तो थियो बजार ?

साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भयो । उक्त दिन नेप्से १८.४४ अङ्कले घटेर २९६४२० बिन्दुमा झरेको थियो ।

उक्त दिन नेप्से परिसूचक उच्च्तम ३०१३ बिन्दु र न्यूनतम २९५८ बिन्दुसम्म पुगेको थियो ।

आइतबार दिनभरमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक किनबेच भयो । दिनभर ३२३ वटा कम्पनी कारोबारमा आएको थियो ।

कारोबारको दोस्रो दिन सोमबार भने बजार पुनः बढ्यो । आइतबारको घटाइलाई लगानीकर्ताले करेक्सनका रूपमा लिँदा सोमबार नेप्से ७.१० अङ्कले बढेको थियो । उक्त दिन नेप्से ०.२३ प्रतिशतले बढेर परिसूचक २९७१.३१ बिन्दुमा पुगेको थियो ।

सोमबार नेप्से परिसूचक उच्चतम २९७७ बिन्दु र न्यूनतम २९१७ बिन्दुसम्म पुगेको थियो । बजार बढे पनि कारोबार रकममा भने कमी आएको थियो ।

उक्त दिन १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार रुपैयाँ बराबरको चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो ।

सोमबार कारोबार अवधिभर ३२१ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ७० हजार ७२६ पटक शेयर किनबेच भयो ।

बजारको बढ्ने क्रम मङ्गलबार पनि कायम रह्यो । मङ्गलबार नेप्से परिसूचकले ३००० बिन्दु पार गरेको थियो । नेप्से ३०.७६ अङ्कले बढेर परिसूचक ३००२ बिन्दुसम्म पुग्यो ।

उक्त दिन नेप्से १.०३ प्रतिशतले बढ्दा परिसूचक उच्चतम ३०२८ बिन्दु र न्यूनतम २९७६ बिन्दुबीच रह्यो ।

बजारले तीन हजारको बिन्दु पार गर्दा पनि कारोबारमा भने गिरावट आयो । उक्त दिन १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको चार लाख १८ लाख आठ हजार ९६६ कित्ता शेयर कारोबार भएको थियो ।

मङ्गलबार ३२१ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ५७ हजार ५२५ कित्ता शेयर कारोबार भयो ।

लगातार दुई दिनको बढाइ तेस्रो दिन भने कायम भएन । पुनः तीन हजारभन्दा माथि पुगेको नेप्से बुधबार घट्न पुग्यो । बुधबार नेप्से एकै दिन ४७.९३ अङ्कले घटेर २९५४ बिन्दुमा आयो ।

कारोबारको चौथो दिन नेप्से १.५९ प्रतिशतले बजार घट्दा परिसूचक उच्च्तम २०२० बिन्दु र न्यूनतम २९४७ बिन्दु पुगेको थियो । कारोबार रकम पनि घटेर बुधबार १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँ कायम भएको थियो ।

बुधबार दिनभरमा ३१८ वटा कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ लाख ५२० पटक किनबेच भएको थियो ।

साताको अन्तिम दिन बिहीबार पनि नेप्सेमा भारी गिरावट आयो । बिहीबार नेप्से ३१.५० अङ्कले घटेर २९२२.६३ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से १.०६ प्रतिशतले घट्दा परिसूचक उच्चतम २९६७ बिन्दु र न्युनतम २९१५ बिन्दु पुगेको थियो ।

जसरी बजार घट्दै गयो, कारोबार रकममा पनि त्यसैगरी गिरावट हुँदा उक्त दिन कारोबार १५ अर्ब रुपैयाँमा सीमित भयो । बिहीबार कारोबार घटेर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँ बराबरको तीन करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको थियो ।

बिहीबार दिनभरमा ३१८ वटा कम्पनीको शेयर एक लाख ६८ हजार ५९४ पटक किनबेच भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : १९ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता