सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण « Khabarhub

सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुक्खा र पानी अभावका कारण उत्पन्न सङ्कट समाधान गर्न मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रतिपक्षी दलका सांसदहरूले आज मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटी औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो । 

ध्यानाकर्षणपत्रमा प्रदेशका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको तत्काल व्यवस्था, कृषि ऋणमा छुट, मलखादको न्यायोचित वितरण, तथा खानेपानीको अभाव समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ ।

प्रतिपक्षी सांसदहरूले जलस्रोत संरक्षणका दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले नेपालको जीवनरेखा भनिने चुरे क्षेत्रको दोहन रोक्नु, जलाशय निर्माण गर्नु र सतही तथा भूमिगत सिँचाइ योजनालाई प्राथमिकतामा राखी कार्य अघि बढाउन माग गरे ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘मधेस प्रदेशलाई दीर्घकालीन रूपमा जलसङ्कटबाट जोगाउन चुरे क्षेत्रको संरक्षण र जलाधार व्यवस्थापन अनिवार्य छ । सरकार मौन बस्न पाउँदैन ।’ 

कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानसम्बन्धी जारी गरिएको सूचना झन्झटिलो र विभेदपूर्ण भएको गुनासो गर्दै सबै पालिका समेटिने गरी पारदर्शी प्रक्रिया अपनाउन सरकारसँग माग गरिएको हो । साथै, नदीनाला, कुलो, पैनीहरूका जीर्णोद्धार गरी सतही सिँचाइ प्रणाली व्यवस्थित गर्नुपर्ने माग पनि गरिएको छ ।

पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी नेता यादवले अविलम्ब राहतको व्यवस्था नगरेमा चुप लागेर नबस्ने सडकमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

ध्यानाकर्षणपत्र बुझाउने टोलीमा जनता समाजवादी पार्टी नेपालसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेश सांसदहरूको पनि उपस्थिति थियो ।
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : २७ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल