सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण | Khabarhub Khabarhub

सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुक्खा र पानी अभावका कारण उत्पन्न सङ्कट समाधान गर्न मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रतिपक्षी दलका सांसदहरूले आज मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटी औपचारिक ध्यानाकर्षणपत्र बुझाएको हो । 

ध्यानाकर्षणपत्रमा प्रदेशका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको तत्काल व्यवस्था, कृषि ऋणमा छुट, मलखादको न्यायोचित वितरण, तथा खानेपानीको अभाव समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ ।

प्रतिपक्षी सांसदहरूले जलस्रोत संरक्षणका दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले नेपालको जीवनरेखा भनिने चुरे क्षेत्रको दोहन रोक्नु, जलाशय निर्माण गर्नु र सतही तथा भूमिगत सिँचाइ योजनालाई प्राथमिकतामा राखी कार्य अघि बढाउन माग गरे ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘मधेस प्रदेशलाई दीर्घकालीन रूपमा जलसङ्कटबाट जोगाउन चुरे क्षेत्रको संरक्षण र जलाधार व्यवस्थापन अनिवार्य छ । सरकार मौन बस्न पाउँदैन ।’ 

कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानसम्बन्धी जारी गरिएको सूचना झन्झटिलो र विभेदपूर्ण भएको गुनासो गर्दै सबै पालिका समेटिने गरी पारदर्शी प्रक्रिया अपनाउन सरकारसँग माग गरिएको हो । साथै, नदीनाला, कुलो, पैनीहरूका जीर्णोद्धार गरी सतही सिँचाइ प्रणाली व्यवस्थित गर्नुपर्ने माग पनि गरिएको छ ।

पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी नेता यादवले अविलम्ब राहतको व्यवस्था नगरेमा चुप लागेर नबस्ने सडकमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

ध्यानाकर्षणपत्र बुझाउने टोलीमा जनता समाजवादी पार्टी नेपालसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेश सांसदहरूको पनि उपस्थिति थियो ।
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : २७ बजे

च्याउखेतीबाट वार्षिक १५ लाख आम्दानी

सुनसरी – वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११

लिपुलेकबारे ओलीसँग सीले भने : नेपाल–भारत विवादमा हामी जोडिन चाहँदैनौँ

काठमाडौं– साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन थ्यानचिन

सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः उपप्रधानमन्त्री पौडेल

रुपन्देही – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज भैरहवास्थित सिद्धार्थ

बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछुः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री