माथिल्लो सेती : १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने « Khabarhub

माथिल्लो सेती : १४ बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब भन्दा धेरै लगानी गर्ने


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनाका लागि कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सह-नेतृत्वमा १४ वटा बैंक तथा वित्तीय संस्थाले करीब ४१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने यस आयोजनाको वित्तीय व्यवस्थापनको सम्झौतामा काठमाडौंमा आयोजित एक विशेष समारोहबीच कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन्।

सहवित्तीय व्यवस्थापनमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्स लिमिटेड रहेका छन्।

ऊर्जा क्षेत्रमा विशेष सक्रियता देखाउँदै आएको कुमारी बैंकले हालसम्म ६५ भन्दा बढी जलविद्युत तथा सौर्य आयोजनामा लगानी गरिसकेको छ। बैंकको कूल लगानी प्रतिबद्धता ७० अर्ब रुपैयाँभन्दा बढी रहेको छ, जसबाट २,००० मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने आयोजना वित्तीय व्यवस्थापन गरिएका छन्।

करीब ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको माथिल्लो सेती आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको आधारमा लगानी गरिनेछ। आयोजनाको वित्तीय तयारी तथा आवश्यक ‘ड्यु डिलिजेन्स’ अध्ययन पूरा भइसकेको छ।

उक्त आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ। आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रति सेकेन्ड, ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहनेछ। जैविक बहावलाई ध्यानमा राख्दै बाँधभन्दा तल सेती नदीमा वर्षभर १.४१ घनमिटर प्रति सेकेन्ड पानी निरन्तर छोडिने व्यवस्था गरिएको छ।

नेपाल विद्युत प्राधिकरणसँग २०८० साउन १९ गते विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ भने २०८१ वैशाख ३१ गते उत्पादन अनुमति प्राप्त भइसकेको छ। आयोजना पाँच वर्षभित्र सम्पन्न गरि २०८८ असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये वर्षायाममा ८३४.४९ जीडब्ल्यूएच र सुखा याममा ३९५.११ जीडब्ल्यूएच उत्पादन हुनेछ। सुखा याममा १६३.६३ जीडब्ल्यूएच विद्युत पिक अवरमा उत्पादन हुनेछ, जसको मूल्य प्रति युनिट रू. १०.५५ र नन-पिक अवरको मूल्य प्रति युनिट रू. ८.४० रहनेछ।

उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० के.भी. स्विचयार्डबाट ३० किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिडमा प्रस्तावित ४०० के.भी. बझाङ सब-स्टेशनमार्फत जोडिनेछ।

आवश्यक पहुँच सडकको लम्बाइ करीब २५ किलोमिटर रहनेछ। आयोजनाको प्रतिमेगावाट लागत लगभग १९.२५ करोड रुपैयाँ पर्नेछ भने पहिलो वर्षमै अनुमानित आम्दानी ७ अर्ब ६७ करोड रुपैयाँ रहने अपेक्षा गरिएको छ।

आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ। प्रमुख लगानीकर्ताहरूमा सिउरी न्यादी पावर लिमिटेड, निगडी ग्रुप पावर लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, माई खोला हाइड्रोपावर लिमिटेड, यश होल्डिङ प्रालि, तथा व्यक्तिगत रूपमा शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्र कुमार गुरागाईं र दिनेश गुरुङ्ग जस्ता अनुभवी लगानीकर्ता रहेका छन्।

स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता तथा सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वाससहित बझाङ माथिल्लो सेती आयोजना नेपालको जलविद्युत क्षेत्रको इतिहासमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आयोजनाको सफल सम्पन्नतापछि सुदूरपश्चिम उज्यालो बनाउने सपना साकार हुने आशा गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ४६ बजे

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक