नेपाल-चीन कूटनीति सम्बन्धको खुसी साट्दा कम्युनिस्टहरू एकै ठाउँ « Khabarhub

नेपाल-चीन कूटनीति सम्बन्धको खुसी साट्दा कम्युनिस्टहरू एकै ठाउँ


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौं विशेष कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रम होटल याक एन्ड यतीमा आयोजना हुँदा नेपाली कम्युनिस्ट दलहरू एकै ठाउँ देखिएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए।

चीनले चाहिरहेको कम्युनिस्टबीच एकता हुन नसके पनि दुई देशको कूटनीतिक सम्बन्धको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कार्यक्रममा देखिए ।

कार्यक्रम अगाडि हलमा भेट भएका सबै कम्युनिस्ट नेताले हात मिलाएर आत्मीयता पनि साटे । एमाले फुटाएर पछुतो मानेका समाजवादी सम्मानित नेता खनाल र प्रधानमन्त्री ओलीबीच पनि सौहार्दा देखियो ।

२०२५ अगस्ट १ मा काठमाडौंमा एक भव्य समारोह आयोजना गरियो, जसले नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको स्मरण गर्‍यो।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ५७ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल