नेपाल-चीन कूटनीति सम्बन्धको खुसी साट्दा कम्युनिस्टहरू एकै ठाउँ | Khabarhub Khabarhub

नेपाल-चीन कूटनीति सम्बन्धको खुसी साट्दा कम्युनिस्टहरू एकै ठाउँ


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौं विशेष कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रम होटल याक एन्ड यतीमा आयोजना हुँदा नेपाली कम्युनिस्ट दलहरू एकै ठाउँ देखिएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए।

चीनले चाहिरहेको कम्युनिस्टबीच एकता हुन नसके पनि दुई देशको कूटनीतिक सम्बन्धको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कार्यक्रममा देखिए ।

कार्यक्रम अगाडि हलमा भेट भएका सबै कम्युनिस्ट नेताले हात मिलाएर आत्मीयता पनि साटे । एमाले फुटाएर पछुतो मानेका समाजवादी सम्मानित नेता खनाल र प्रधानमन्त्री ओलीबीच पनि सौहार्दा देखियो ।

२०२५ अगस्ट १ मा काठमाडौंमा एक भव्य समारोह आयोजना गरियो, जसले नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको स्मरण गर्‍यो।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ५७ बजे

विप्लव फकाउने होडबाजी : प्रचण्डले वार्ता गरेलगत्तै हरिसिद्धि पुगे जनार्दन

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

भूमि समस्या आयोगको ढाँचामा निवेदन फारम बुझाउन मातहतका निकायलाई कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला कार्यसमितिहरूलाई भूमि समस्या समाधान आयोगले तोकेको

रुपन्देही जिल्ला अदालतको आदेशविरूद्ध उच्च पुगे रवि, बैंक जमानतमा रिहा गर्न माग

काठमाडौँ- जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा रिहा गर्न अस्वीकार गरेपछि

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू

वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले कुनै