प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्ने


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

थियानजिन– प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् ।

चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

आज रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।

यसअघि आइतबार प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा एससीओ प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी थिए ।

उक्त अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि अनौपचारिक भेट भएको थियो । समकक्षी मोदीले उक्त भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्दै नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ५४ बजे

एमाले विधान महाधिवेशन चार दिन बाँकी : कहाँ पुग्‍यो तयारी ?

काठमाडौं – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको अबको चार चारपछि

काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट

पर्सामा हैजा, छिमेकी जिल्लामा त्रास : १० दिनसम्म कारण पत्ता लागेन

काठमाडौं – पर्सामा भदौ ५ गते पुष्टि भएको हैजाको प्रकोप

स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन