सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण « Khabarhub

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ ।

सीमा निगरानीका लागि २०७७ साल असोजमा स्थापना भएको उक्त बीओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो ।  सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गरे ।

अतिथि गृह भवनको उद्घाटन गर्दै मन्त्री सार्कीले मन्त्रालयले बीओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताए । उनले बीओपीमा पूर्वाधार नहुँदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैँ सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका साथ पूर्वाधार निर्माण गरिरहेको बताए ।

उनले प्रदेश सरकारले प्रहरीलाई सुरक्षा र विपद् उद्धारका लागि आवश्यक सामग्री प्रदेशभर वितरण गरेको जानकारी दिए । पूर्वाधार निर्माणले सशस्त्र प्रहरी आवास व्यवस्थापनमा सहज हुने बताउँदै उनले सीमा निगरानी, अवैध ओसारपसार नियन्त्रण र राजस्व छली नियन्त्रणमा सक्रियताका साथ काम गर्न उनले निर्देशन दिए ।

सशस्त्र प्रहरी बलको सुदूरपश्चिम प्रमुख प्रदीपकुमार पालले पूर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहज हुने बताए । उनले स्रोतसाधनको अभावमा प्रहरीले सेवा प्रदान गरिरहेको बताउँदै सबै बीओपीमा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरे ।

प्रदेश सरकारद्वारा विनियोजित ४० लाख बजेटमा २९ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई अतिथि गृह निर्माण गरिएको मन्त्रालयका निमित्त सचिव आमोद दाहालले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा थप तीन वटा बीओपीमा पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना छ । जिमुवामा गत वर्षको सङ्घीय योजनाअन्तर्गत दुई वटा प्रहरी ब्यारेक भवनको  निर्माण सम्पन्न भएको छ । जिमुवा क्षेत्रको दुर्गम टोल श्रीलङ्कामा रहेको बीओपी यसअघि खानेपानी कार्यालयको भवनमा बस्दै आएको थियो ।

वर्षाको समयमा बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुनेछ । त्यसैगरी शनिबार मात्रै बेलौरीको खड्डाकंकडमा रहेको बीओपी भवनको मन्त्री सार्कीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : १५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा