बुङ्गल हाइड्रोको आइपीओ खुल्यो « Khabarhub

बुङ्गल हाइड्रोको आइपीओ खुल्यो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साेमबारदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको थियो । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको हो।

हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। जसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावितलाई र २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा भएका लागि निष्काशन गर्ने छ ।

त्यसपछि एक लाख एक हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषलाई र ६२ हजार २५० कित्ता शेयर कर्मचारीलाई वितरण गर्ने छ ।

त्यो सबै बाँडफाँड भएपश्चात सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता साधारण शेयर निष्काशन हुने छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर निष्काशन हुने छ ।

न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १० : ०१ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको