बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’ « Khabarhub

बहुविवाहबारे प्रश्न उठेपछि लेखजंगले भने– ‘मसँग प्रमाण छ आवश्यक परे सार्वजनिक गर्छु’


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुईवटा श्रीमती भएको विषय बाहिर आएपछि थापाले रास्वपा नेताहरूलाई स्पष्टीकरण दिएका छन् ।

रास्वपाका केही शीर्ष नेताहरूलाई थापाले टेलिफोन गरेर उनले आफू कुनै पनि रूपमा कमजोर नभएको र दुई श्रीमतीमध्ये एक श्रीमतीसँग डिभोर्स भइसकेको  स्पष्ट पारेका छन् ।

‘यो विषय उठेपछि थापासँग हामी केही नेताहरूको फोन सम्पर्क भएको थियो। उहाँले म कुनै पनि रूपमा कमजोर छैन मसँग सबै प्रमाणहरू छन्, आवश्यक परे म सार्वजनिक गर्न सक्छु । एकजना श्रीमतीसँग डिभोर्स गरिसकेको मसँग कागज सुरक्षित छ’, थापाको भनाइ उदृत गर्दै रास्वपाका एक शीर्ष नेताले खबरहबलाई भने, ‘आज म तपाईँहरूसँग समन्वय गरेर आवश्यक परे कागजै सार्वजनिक गर्न तयार छु । म कुनै पनि रुपमा चुकेको छैन र म कमजोर छैन । म कमजोर भए जुनसुकै कारबाही भोग्न समेत तयार छु।’

रास्वपाका केही नेतालाई थापाले स्पष्ट पारेपछि आज पार्टी कार्यालय वनस्थलीमा केही नेता र थापा सहितको बैठक बस्न लागेको बताइएको छ ।

केही नेताहरूसँग थापाले परामर्श गरेपछि पत्रकार सम्मेलनमै उनले प्रमाण सार्वजनिक गर्ने रास्वपा स्रोतको भनाइ छ ।

रास्वपाका केही नेताहरूले भने यो विषय यस अगाडिका मिटिङहरूमा नउठेको तर केही नेताहरूले यस्तो कुरा आएको छ भन्ने हल्ला गरेको भने स्वीकार गरेका छन् ।

रास्वपाका एक नेताले खबरहबलाई भने, ‘उहाँको पारिवारिक विषयमा प्रश्न उठेको थियो तर डिभोर्स भइसकेको भनेपछि हामीले कोट्याउने कुरा भएन । रूपन्देही– ३ मा जनता माझ जाँदा भने यो विषय कसैले पनि उठाउनुभएको थिएन।’

यसबारेमा खबरहबले थापासँग बुझ्न खोजे पनि सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : ५५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी