काठमाडौं– राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले ‘संयुक्त जनआन्दोलन समिति’को कार्यवाहक संयोजकको जिम्मेवारी पाएका छन् ।
संयोजक नवराज सुवेदीले आफू केही समय देशबाहिर रहने भन्दै सोमबार महामन्त्री राणालाई जनआन्दोलन समितिको कार्यवाहक संयोजकको जिम्मेवारी दिएका हुन् ।
राजावादीहरूले गत चैत १४ गते राजसंस्था पुनर्स्थापना, संघीयता खारेजी, हिन्दुराष्ट्र पुनर्स्थापनालगायतका मुद्दा अघि सारेर सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरेका थिए ।

प्रतिक्रिया