पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का–  लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ । 

वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर नरेश जिरेलले बताए । भोट खोला र मकालबीचमा पहिरोले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो ।

उत्तर दक्षिण कोशी राजमार्गको मकालु–३ स्थित सम्माटार नेताभिरमा गएराति वर्षासँग आएको बाढीले करिब पाँच सय मिटरको सडक बगाएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्साभेटर परिचालन गरिएको सूचना अधिकारी जिरेलले बताए।

माथिल्लो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था भएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। 

पहिरो हटाउन अझै कति दिन लाग्छ भन्ने यकिन भइनसकेको उनको भनाइ छ । पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुन सकेका छैनन् । खाँदबारीबाट गएका सवारिसाधन पनि बाटैमा अलपत्र परेका छन् । 

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।
 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ३१ बजे

रूपन्देही-३ उपनिर्वाचनका लागि एकीकृत समाजवादीबाट सातजना सिफारिस

देवदह– रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा नेपाल

‘नेचुरल इस्पीरीट्स नेपाल’ले आईपीओ ल्याउने 

काठमाडौं– नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन

एक लाखमुनिका बचतकर्तालाई रकम फिर्ता गर्दै इमेज सहकारी (तस्बिरहरू)

काठमाडौं– इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाखमुनि

सुरेन्द्र पाण्डे भन्छन्- संविधानले रोकेको छैन, पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा फर्काउँछौँ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः

यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार

काठमाडौं– रीरलाई स्वस्थ रहन र महत्त्वपूर्ण दैनिक कार्यहरू गर्न धेरै