पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध « Khabarhub

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का–  लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ । 

वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर नरेश जिरेलले बताए । भोट खोला र मकालबीचमा पहिरोले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो ।

उत्तर दक्षिण कोशी राजमार्गको मकालु–३ स्थित सम्माटार नेताभिरमा गएराति वर्षासँग आएको बाढीले करिब पाँच सय मिटरको सडक बगाएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्साभेटर परिचालन गरिएको सूचना अधिकारी जिरेलले बताए।

माथिल्लो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था भएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। 

पहिरो हटाउन अझै कति दिन लाग्छ भन्ने यकिन भइनसकेको उनको भनाइ छ । पहिरो खसेपछि भोटखोलाबाट खाँदबारी आउने यातायातका साधन वारपार हुन सकेका छैनन् । खाँदबारीबाट गएका सवारिसाधन पनि बाटैमा अलपत्र परेका छन् । 

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।
 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ३१ बजे

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै

उम्मेदवारलाई मतदाताको माग- आश्वासन होइन, विकास चाहिएको छ

घोराही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ ।

‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा

काठमाडौँ – बलिउड सुपरस्टार रणवीर सिंहको चर्चित एक्सन फिल्म ‘धुरंधर’

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

दुबई– इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत