काठमाडौं– शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यालय बालकुमारीमा आज धर्ना दिएका छन् ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार बिहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यालय धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।
शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालय , नेकपा एकीकृत समाजवादी र आज जनता समाजवादी नेपालको कार्यालय धर्ना बसेका हुन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी



प्रतिक्रिया