सुदूरपश्चिमका नेताहरूलाई प्रचण्डले भने– आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्नुस्  « Khabarhub

सुदूरपश्चिमका नेताहरूलाई प्रचण्डले भने– आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्नुस् 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न नेताहरूलाई निर्देशन दिएका छन् । 

सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न नेताहरूलाई निर्देशन दिएका हुन् । 

पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राख्दै प्रचण्डले पछिल्लो समय जनतामाझ माओवादी केन्द्रले फेरि विश्वास हासिल गरिरहेको बताए । 

तर, त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने अध्यक्ष प्रचण्डको भनाइ थियो । केन्द्रीय गतिविधिका कारण आफू भर्चुअलमार्फत् सहभागी हुनुपरेको भन्दै उनले दशैँपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर सुदूरपश्चिम प्रदेशमै पुगेर प्रत्यक्ष संवाद गर्ने पनि बताए । 

अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । ‘अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ,’ उनले भने । 

अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि र त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए । 

‘हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ,’ उनले भने, ‘अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरूरी छ ।’

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ४७ बजे

लेकसाइड क्षेत्रलाई पर्यटनमैत्री बनाउन अभियान

पोखरा– पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा पर्यटनमैत्री

दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।