महामन्त्री बुर्लाकोटीद्वारा लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी  « Khabarhub

महामन्त्री बुर्लाकोटीद्वारा लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाका दुई वटा श्रीमती भएको विषयबारे महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यलाई जानकारी दिएका छन् । केन्द्रीय कमिटीको  ग्रुपमा महामन्त्री बुर्लाकोटीले थापाको एक जना श्रीमतीसँग छोड पत्र भएको ब्यहोरा जानकारी गराएका हुन् । 

‘महामन्त्री बुर्लाकोटीले छोड पत्र दिएको ब्यहोरा जानकारी दिनुभएको छ । सो ब्यहोरा आएपछि केही केन्द्रीय सदस्यले पत्र नै सार्वजनिक गर्न माग गर्नुभएको छ ।’ रास्वपाका एक केन्द्रीय सदस्यले खबरहबलाई भने, ‘अब त्यही सिस्टममा उहाँहरूले अपनाउनुहोला । ब्यहोरा आएको छ । तर पत्र आएको छैन । हामी पत्र पनि आउनुपर्छ भनिरहेका छौँ । अहिले केही नेताहरूसँग लेखजंग जी परामर्शमा हुनुहुन्छ रे ।’ 

ती नेताका अनुसार पहिलो श्रीमतीसँग डिभोर्स भएको हो या दोस्रोसँग भएको त्यसबारे जानकारी भने गराइएको छैन ।

रुपन्देही ३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ५२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले