काबेली खोलाले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो | Khabarhub Khabarhub

काबेली खोलाले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई वटा एस्काभेटर र दुई वटा टिपर बगाएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार काबेली खोलाले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको हो ।
 
सिरीजङ्घा गाउँपालिका–१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एस्काभेटर भने करिब २० मिटर तल डुबेको अवस्थामा छन् भने दुई वटा टिपर भेटिएका छैनन् । बाँकी टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।
 
वर्षाकै कारणमाथिबाट पहिरो झरेपछि सिरीजङ्घा गाउँपालिका–५ पेदाङस्थित हाङमाया थुङ्गिीम (लिम्बू) को परिवार पूर्णरूपमा विस्थापित भएको छ भने अन्य पाँच घर जोखिममा परेको स्थानीय राजनीतिकर्मी खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिए । 

यस्तै सोही गाउँपालिका ७ नंम्बर वडामापर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिए ।

गएराति जिल्लाका विभिन्न ठाउँमा भारी वर्षा भएको थियो । वर्षाका कारण साना ठूला पहिरोले बर्खे बालीनालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ०८ बजे

चीनले निजामती अस्पताललाई ‘स्टेट अफ आर्ट हस्पिटल’ का रूपमा स्तरोन्नति गर्ने

काठमाडौं– चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ

जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतलाई नीतिका आधारमा ध्रुवीकरण

‘नेपाल असंलग्न नीतिमै छ, चीनको जीएसआईमा समर्थन गरेको छैन’

थियानचिन (चीन)- प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार

तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र

१३ अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा आकर्षण  

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले बढेको छ ।