काबेली खोलाले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो « Khabarhub

काबेली खोलाले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई वटा एस्काभेटर र दुई वटा टिपर बगाएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार काबेली खोलाले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुईवटा टिपर बगाएको हो ।
 
सिरीजङ्घा गाउँपालिका–१ स्थित उक्त पावरहाउसबाट बगाएका दुई वटा एस्काभेटर भने करिब २० मिटर तल डुबेको अवस्थामा छन् भने दुई वटा टिपर भेटिएका छैनन् । बाँकी टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।
 
वर्षाकै कारणमाथिबाट पहिरो झरेपछि सिरीजङ्घा गाउँपालिका–५ पेदाङस्थित हाङमाया थुङ्गिीम (लिम्बू) को परिवार पूर्णरूपमा विस्थापित भएको छ भने अन्य पाँच घर जोखिममा परेको स्थानीय राजनीतिकर्मी खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिए । 

यस्तै सोही गाउँपालिका ७ नंम्बर वडामापर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिए ।

गएराति जिल्लाका विभिन्न ठाउँमा भारी वर्षा भएको थियो । वर्षाका कारण साना ठूला पहिरोले बर्खे बालीनालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ०८ बजे

न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै

उम्मेदवारलाई मतदाताको माग- आश्वासन होइन, विकास चाहिएको छ

घोराही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ ।

‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा

काठमाडौँ – बलिउड सुपरस्टार रणवीर सिंहको चर्चित एक्सन फिल्म ‘धुरंधर’

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

दुबई– इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत