उमेर हदबारे सुरेन्द्र पाण्डे : मदन भण्डारी पनि अल्पमतमा थिए, उमेर हद एकदिन लागू हुन्छ | Khabarhub Khabarhub

उमेर हदबारे सुरेन्द्र पाण्डे : मदन भण्डारी पनि अल्पमतमा थिए, उमेर हद एकदिन लागू हुन्छ


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेभित्रको लोकतान्त्रीकरणसम्बन्धी बहस सबै दलको साझा मुद्दा रहेको बताएका छन् । 

‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले उमेर सीमा र कार्यकालसम्बन्धी प्रावधानलाई प्राविधिक तर आवश्यक विषयका रूपमा प्रस्तुत गर्दै आगामी महाधिवेशनमा यसबारे छलफल हुने जानकारी दिए ।

पाण्डेले भने, ‘उमेर भनेको प्राविधिक कुरा मात्रै हो, तर यसबारेमा बहस र निर्णय आवश्यक छ । अहिले एमालेको बहुमतले उमेर हदलाई हटाउने निर्णय गर्न सक्छ । तर बहुमतले सधैं सही निर्णय गर्छ भन्ने हुँदैन ।’

उनले पार्टीमा उमेर हद तत्काल लागू नभए पनि भविष्यमा यो आवश्यक रूपमा कार्यान्वयन हुने बताए । ‘कतिपय बेला अल्पमतमा परेको एजेन्डा हराउँदैन । मदन भण्डारी पनि कहिलेकाहीँ अल्पमतमा थिए। अहिले उमेर हदको मुद्दा स्थापित हुन नसके, एक दिन लागू हुन्छ,’ पाण्डेले स्मरण गरे ।

उनले लोकतान्त्रीकरण एमालेको मात्र नभई सबै दलको आवश्यकता भएकोमा जोड दिए । ‘यदि पार्टी अध्यक्षलाई दुई कार्यकाल मात्र हुने व्यवस्था भए के हुन्थ्यो ? यो एमालेको मात्र प्रश्न होइन, सम्पूर्ण दलहरूको मुद्दा हो,’ पाण्डेले भने ।

पाण्डेले महाधिवेशन नजिकिँदै गर्दा उमेर र कार्यकालसम्बन्धी विषयलाई मिलाएर ल्याइएको भए पनि अन्तिम निर्णय महाधिवेशनले नै गर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ११ बजे

चीनले निजामती अस्पताललाई ‘स्टेट अफ आर्ट हस्पिटल’ का रूपमा स्तरोन्नति गर्ने

काठमाडौं– चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ

जनमतलाई नीतिका आधारमा ध्रुवीकरण नगर्दा राजनीतिक अस्थिरता अन्त्य भएन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतलाई नीतिका आधारमा ध्रुवीकरण

‘नेपाल असंलग्न नीतिमै छ, चीनको जीएसआईमा समर्थन गरेको छैन’

थियानचिन (चीन)- प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार

तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र

१३ अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा आकर्षण  

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले बढेको छ ।