काठमाडौं– इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाखमुनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ ।
बागलुङका एक लाखमुनि बचत रहेका ६ सय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेका सहकारीले पोखरा शाखाका १५८ जनाको रकम फिर्ता गर्न सुरु गरेको हो ।
सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले पोखरा शाखामा ५२४ जनामध्ये १५८ जना बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको जानकारी दिए । उनीहरूलाई क्रमशः रकम फिर्ता गर्ने कार्कीले बताए ।
एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलन चल्लीको मूल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ ।
समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता गरेको हो । बचतकर्ताको रकम फिर्ता गरेवापत् सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा प्रालिलाई हस्तान्तरण गर्ने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए ।
तस्बिरहरू :






प्रतिक्रिया